Breaking

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने तयारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरु केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई अनुशासनको कारबाहीबारे छलफल हुनेछ।

यसअघिको बैठकमा ढकाललाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो । पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ। ढकाललाई अबसाधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लागिएको बताइएको छ ।

आजको बैठकमा स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधि बनाउने कार्यसूचीसमेत छ। पार्टीका आधारभूत संगठन बलियो बनाउन र संगठनात्मक प्रभावकारिताका लागिस्थानीय तहमा छाया सरकार बनाउन लागेको रास्वपा कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।