Breaking

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्यूरो सदस्य आज चयन हुने


काठमाडौं । महाधिवेशन सकिएको डेढ महिनापछि एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्यूरो सदस्य छान्न चुनाव गर्दैछ ।

आइतबारबाट काठमाडौंमा सुरू भएको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकले पदाधिकारी र पोलिटब्यूरो सदस्इ चयन गर्न लागेको हो । सहमतिको प्रयास सफल नभएपछि निर्वाचनबाट पदाधिकारी र पोलिटब्यूरो छान्न लागिएको नेताहरूले बताएका छन् । पदाधिकारीका १८ पदका लागि तीन गुणाबढी आकांक्षी देखिएपछि नेतृत्वलाई चयन गर्न सकस परेको छ ।


आज दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । पदाधिकारीका लागि केन्द्रीय सदस्यहरूले मतदान गर्ने छन् । गत असार १६ देखि २१ गतेसम्म काठमाडौंमा भएको १०औँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई निर्वाचित गरेको थियो ।

२१ मध्ये अब १८ पदाधिकारी चयन गर्न बाँकी छ । वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिवका निर्वाचनबाट चयन हुने भएका छन् । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।