Breaking

ओमनका विदेशमन्त्री काठमाडौं आइपुगे


काठमाडौँ— ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीआज साँझ काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री आरजु राणाको निम्तोमा मन्त्री सैयद काठमाडौं आएका हुन् ।

उनलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् ।
सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दुतावास छैन । दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा नेपालबाट वैदैशिक रोजगारका लागि श्रमिकहरु जाने गरेका छन् ।

मन्त्री सैयदले यस भ्रमणमा दुई देशबीचको सम्बन्ध, श्रम कुटनीति लगायत विषयमा छलफल गर्ने बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्नेछन् । समकक्षी राणासँग उनको दुईदेशीय हितमा संवाद हुनेछ ।