Uncategorized

प्रहरीले जनताका मुद्दा बोक्नुपर्‍यो : गृहमन्त्री लेखक


काठमाडौँ – गृहमन्त्री रमेश लेखकले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन्।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरेका छन्।

‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु, जनताका मुद्दा बोक्नुपर्‍यो, जनताका मुद्दा बोक्दा आफ्ना मुद्दा पनि आइहाल्छन्,’ गृहमन्त्री लेखकले भने।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको उल्लेख गर्दै उनले जनताले उचित सेवा पाउनुपर्ने बताए।