Breaking

ममता काफ्ले प्रकरण : नरेशले बुनेको जाल, २५ दिनको चिरफार


अमेरिकाबासी नेपाली नर्स ममता काफ्ले प्रकरणमा प्रहरीले पतिलेनै हत्या गरेको पुष्टि गरेको छ । अहिलेसम्म लास प्राप्त नभएपनि प्रहरीले प्रमाण फेला परेको दाबी गरेको हो । प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमै उनले ममताको हत्या गरेको र हत्यापश्चात् शव घिसार्दै बाहिर ल्याएको दावी गर्दा के कस्ता छन् त प्रमाण ?

अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेश भट्टले गरेको प्रहरीले दाबी गरेको छ। अदालतमा प्रहरीले पेश गरेको कागजातमा उल्लेख भएअनुसार उनले ३० जुलाई अर्थात साउन १५ मा घरभित्रै ममताको हत्या गरेका थिए । त्यसपश्चातशवलाई बाहिर कतै घिसारेको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ। योबाहेक सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ। त्यस्तै अनुसन्धानको क्रममा ममताको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फरेन्सिक प्रमाण बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीको दाबी अनुसार जुलाई ३० मा नरेशले तीनवटा चक्कु किनेको र त्यसको भोलिपल्ट सफाइका लागि आवश्यक सामग्री किनेको भेटिएको छ ।

नरेशले थुप्रै प्रमाण नष्ट गर्ने प्रयास गरेको पनि बताइएको छ भनेएउटा चक्कु पनि भेटिएको जनाइएको छ । प्राप्त अन्य प्रमाणको आधारमा ममता जिउँदो नहुन सक्ने निक्र्यौलसहित प्रहरीलेउनीमाथि मुद्दा चलाएको हो । त्यस्तै श्रीमती हराएपनि उनले गरेको बेवास्ता,पारिवारिक सम्बन्धमा दरार आएका विभिन्न प्रमाणले समेत ममताको हत्या भएको पुष्टि भएको हो । ममताबेपत्ता भएको विषय समेत अगस्ट १ सम्म ममताको दुई सिफ्ट ड्युटी छुटेपछि मेडिकल सेन्टरका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । यसपछि मात्रै यो खबर बाहिर आएको थियो ।

जहाँ ममता पहिला ड्युटी जाँदा पतिबाट कुटपिट भएको दागहरू लिएर गएकी थिइन् । त्यसबाट समेत सहकर्मीहरूले शंका गरेका थिए ।त्यस्तै नरेशले आफ्नो टेस्ला कार बेचेको, सुटकेसहरू प्याक गरेको र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्नेबारे अरूसँग कुरा गरेको विवरणहरु अदालतमा पेश गरिएको छ । यसलाई भाग्ने प्रयास गरिरहेको रुपमा प्रहरीले दाबी गर्दा उनले अझै अनुसन्धानमा सहयोग नगरेको मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले बताएका छन् ।

हुन त घरमा भेटिएको भनिएको रगतको टाटा ममता काफ्लेसँग सम्बन्धित भए नभएको अझै पुष्टी भएको छैन । त्यस्तै उनको शव फेला परेको छैन भनेनरेशले आफू अङग्रेजी राम्रोसंग बोल्न नसक्ने अदालतलाई बयान दिएका छन् । यही कारण अदालतले नियुक्त गरेको दोभाषेले अनुवाद उपलब्ध गराएका थिए । तर उनका यसअघिका बयानहरु आफैँमा बाझिएका छन् । त्यसअघि उनलाई पक्राउ गर्नुअघि पनिप्रहरीले घरमा रातभर खानतलासी गरेको थियो । बिहीबार बिहान ममता बेपत्ता भएको घटनासँग सम्बन्धित भएको ठहर गर्दै नरेशलाई पक्राउगरिएको थियो । उनलाई अहिले बिना धरौटी हिरासतमा राखिएको छ ।यही कारण उनलाई आशंकाकै भरमा पक्राउ गरिएको भन्न नमिल्ने पक्का हुँदा शव नभेटिएकाले प्रहरीको अनुसन्धान अहिले त्यतैतर्फ केन्द्रित छ ।

फलतः उनका वकिलले भने उनको आपराधिक पृष्ठभूमि नभएको भन्दै धरौटीमा रिहा गर्नु पर्ने दलिल पेश गरेका छन् । यद्यपि, उनलाई धरौटीमा रिहा गर्ने नगर्नेबारे सोमबार सुुनुवाई हुने अदालतको रेकर्डमा उल्लेख छ । सोमबार बिहान साढे ८ बजेका लागि तोकिएको सुनुवाइमा धरौटीमा रिहा गर्ने नगर्ने भन्नेबारे निर्णय हुनेछ । धरौटीमा रिहा गर्ने भएमा कति धरौटी तोक्ने भन्नेबारे पनि निर्णय हुनेछ । यसले अहिले नै नरेश अपराधी करार भइहालेको तथा ममताको हत्यारा भएको प्रष्ट भइहालेको रुपमा भने बुझ्न सकिने अवस्था छैन ।

अनुसन्धानमा सहयोग नगरकै कारण नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना रहेको अभियोजकले बताएका छन् । जहाँ अहिले भने उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । हत्या नै भएको र प्रमाण फेला पर्न नसकेको खण्डमा यो मुद्दा कमजोर नै हुने छ । किनभने भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ । फलतः हत्या प्रमाणित गर्ने अन्य प्रमाण संकलन र न्याय दिलाउन त्यहाँस्थित नेपाली समुदायले दवाव बढाइरहेका छन् ।