Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि झर्‍यो


काठमाडौँ – आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९।८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ ।
कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटे ।