Breaking

रविलाई पत्याउनै छाडे, भीड छैन, कराउन छाडेनन्, चितवनको चौताराबाट भ्रष्टाचारविरुद्ध अभियान (भिडियोसहित)


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जसरी नेपाली राजनीतिमा उदाएका छन्, त्यसलाई पनि छाँयामा पार्ने गरि उनी विवादित छन् । राजनीतिको छोटो यात्रामा दुई पटकसम्म उपप्रधानसहित गृहमन्त्री बत्र सफल भए पनि, रविमाथि हैरानी भने थपिदै गएको छ ।
सन् २०१३ मा ६२ घण्टा १२ मिनेट लामो टक सो चलाएर विश्व कीर्तिमान राख्दै गिनिज बुकमा नाम लेखाएका रवि लामिछाने शुक्रबार ९ घण्टा लामो बयानमा बसे । जीवनको यी दुई रेकर्डमा फरक यति थियो कि, ११ वर्ष अघि प्रश्न गर्ने हैसियता भएका रवि शुक्रबार भने उत्तर दिने ठाउँमा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रविलाई सहकारी छानबिन विशेष समितिले अपराह्न साढे ४ बजेबाट लिन सुरु गरेको बयान मध्यराति १ः१५ मा टुङग्याएको थियो ।

९ घण्टासम्म बयान लिने क्रम चल्दा उनले ५१ वटा प्रश्नको सामना गर्नु परेको थियो । सहकारीको रकम हिनामिना गरेर सञ्चालक भागेपछि पीडितलाई न्याय दिन बनेको संसदीय विशेष छानविन समितिको ४५ औं बैठकमा ५० औं व्यक्ति भएर गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा रविले बयान दिएका हुन् । अबेरसम्म चलेको बयानलाई बिट मार्ने क्रममा रविले समितिको कामको प्रशंसा गर्दै आफुपनि न्यायको खोजीमा रहेकाले समितिले न्याय दिन्छ भत्रेमा आशावादी रहेको अभिव्यक्ति दिए ।

लामो टक सो चलाएरै विश्व कीर्तिमान राखेका रविको राजनीतिक यात्रा एक हिसाले सफल मात्र सकिन्छ । धेरै जसो राजनीतिकर्मीले जीवनभर त्याग गर्दापनि पुग्न नसक्ने ओहोदा र हैसियतमा रवि दुई÷ दुई पटक पुगे । तर, उपप्रधानसहित गृहमन्त्रीको नेतृत्व गरेका रविमाथि आई पर्ने हैरानीले पनि रविको साथ कहिल्यै छोडेको छैन । राजनीतिक कर्ममा आई सकेपछि उनीमाथि आईपरेको सङ्कटको पहाड नै छ । नागरिकता– राहदानी र सहकारीको गोलचक्करमा रविको जीन्दगी परिक्षा दिदैमा वित्दै छ। तर उनले अहिलेसम्म पूर्ण रुपमा फुर्सद पाएका छैनन् । एउटा सल्टिए जस्तो देखिएपनि उनलाई फेरि अर्को विवादले घेर्नेक्रम छोडेको छैन । नागरिकता उल्झनबाट फुर्सद पाएपनि राहदानी र सहकारीको विषयमा फेरि उनिमाथि चर्को स्वर उठ्न थालेको छ। अरु त अरु रविलाई आफ्नो राजनीतिको ‘गडफादर’ मात्रे सबैभन्दा प्रिय र विश्वास पात्र मुकुल ढकालले नै ठग, अपराधी र भ्रष्टाचारीको संज्ञा दिईरहेका छन् । संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुःख दिएर आफ्नो बद्नाम गर्न खोजिएपछि उनी अहिले वाक्कदिक्क भईसकेका छन् ।

अध्यारोमा आफ्नै छाँयाले पनि साथ छोड्छ तर, विवादकै पर्याय जस्तो बनेका रास्वपा सभापति रविलाई विवादले कहिल्यै छोडेन । राजनीतिक रुपमा एउटा उद्देश्य लिएर विकल्पको राजनीतिक गर्न हिडेका रविलाई उनको पुराना व्यक्तिगत समस्याले उल्झनमा पारेको छ । नेपाली राजनीतिमा सबैको आँखाको तारो बनेका रवि आफ्नै पार्टीभित्रका विश्वास पात्रको पनि अपराधी बनेका छन् । लामो समय बोलेरै नाम कमाएका रवि अहिले अपराध र ठगीको आरोपमा घण्टौ सफाई दिएर हिड्नु पर्ने अवस्थामा छन् ।
यद्यपी रविमाथि विपक्षीले आरोप लगाएको भन्दै रास्वपाका नेता कार्यकर्ता उनको बचाउँमा छन् । रवि व्यक्ति देखिएपनि उनले सिंगो देशको विचार बोकेर हिडेको रास्वपा नेताहरुको भनाई छ।

बोलेरै रेकर्ड ब्रेक गरेका रवि शक्तिमा पुग्दा पनि जनतालाई डेलिभरी दिन नसक्दा आलोचित छन् । उनले बोलेर भन्दा कामले प्रमाणित गर्नु पर्ने समयमा आफ्नै बोलीलाई परिणाम मुखी बनाउन नसक्दा जुनजोगी आएपनि कानै चिरिएको भन्ने युक्ति सिद्ध भएको छ।