समाचार

बृहत् नागरिक आन्दोलनले निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल


काठमाडौँ — बृहत् नागरिक आन्दोलनले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको छ।

आज भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्‌ले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको छ। त्यसअघि बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीहरूले माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेका थिए ।