Breaking

रवि–छवि बयानको नालीबेली, ३६ प्रश्नमा रवि भन्छन्–मलाई थाहा छैन


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितमा वयान दिएका छन् । सार्वजनिक कार्यक्रमहरुमा प्रतिकार गरेझैं लामिछानेले समितिमा पनि इन्कारी वयान दिएका छन् । के हुन्छ अबको प्रकृया ?

रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले राष्ट्रिय ठग करार गरेकै दिन सभापति रवि लामिछाने संसदीय छानविन समितिको कठघरामा उभिएका छन् । अर्थात आरोप लागेपछि पहिलो पत्रकार सम्मेलन गरेको सात महिनापछि रविले सूर्य थापाका तीन दर्जन लिखित प्रश्नको सामना गरेका छन् । ग्यालेक्सी टीभीको प्रवन्ध निर्देशकको हैसियतमा रविको वयान लिइएको हो । त्यस क्रममा उनले पनि पूर्व सहकर्मीहरुझैँ इन्कारी वयान दिएका छन् ।

त्यसक्रममा रविले सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन् । मिडियामा आफूले कुनै लगानी नरेको र १५ प्रतिशत ‘स्वेट सेयर’ लिएकाले आफूले एक रुपैयाँ पनि लगानी नगरेको जिकीर गरेका छन् । समितिले सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख ऋण खडा गरी गोरखा मिडिया नेटवर्कको नाममा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ ? भन्दै प्रश्न गरेको छ ।

रविविरुद्ध छानविनको माग गर्दै कांग्रेसले झण्डै दुई महिना संसद नै अवरोध गरेको थियो । त्यतिबेला कांग्रेसले अनुसन्धान नभइकनै रविलाई सहकारी ठग करार गरेको थियो भने आफूहरुसँग प्रमाण नै रहेको दाबी गरेको छ । अब तीनै प्रमाण समितिलाई दिएर रविलाई ठर करारगर्नुपर्नेचुनौती गृहमन्त्री रमेश लेखसँग पनि छ । सहकारी पीडितका लागि भन्दा रवि लामिछानेलाई डाम्नकै लागि समिति बनाइएको आरोप लाग्दा समितिमा रविको नै अन्तिम वयान हो । त्यसबेला रासवपाले रविको नाम उल्लेख नगरी छानविन समिति बनाउन दबाब दिएको थियो । तर, अन्ततः कांग्रेसले रवि र उनी जोडिएका सहकारीमाथि छानविन हुने निचोडमा पुगेको थियो । जेठ १५ गते बनेको समितिले अनुसन्धान सकेर भदौ १५ गतेसम्म प्रतिवेदन बुझाइसक्नुपर्नेछ । अब समिति प्रतिवेदन लेखनको काममा जुटेको छ ।

आजै समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको थियो । उनी प्रहरीका पूर्व डीआईजी पनि हुन् । उनीसँग समितिले झण्डै पाँच घण्टा वयान लिएको थियो । प्रहरीले उनको घरमा छापा मार्दा सर्भर फेला परेको थियो । त्यसपछि उनको नाममा समेत २ करोड कर्जा गएको देखिएको थियो । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अझै फरार छन् । उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ । पोखरा, चितवन र बुटवलका बिभिन्न सहकारीहरुबाट समिति अध्यक्षका हैसियतले जीबीले नै रकम ठगेको भए पनि रवि पनि ठगीको मतियार बनेको प्ररम्भिक निष्कर्ष प्रहरीको छ ।

अहिलेसम्म रास्वपा सह–महामन्त्री विपिन आचार्यले आफ्नो खातामा १२ करोड पैसा आएको तर कहाँबाट आयो भन्नेबारे जानकार नरहेको वयान दिएका छन् । सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङले पर्याप्त कागजपत्रबिनै रवि लामिछानेको नाममा चेक साट्दा आफ्नो जिनदगी नै सकिएको वयान दिएकी छिन् । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष दीपेश पुनले सचिवले आफ्नो फेक हस्ताक्षर जबरजस्ती राखेको वयान दिएका छन् ।

कुमार रम्तेलले जीबीको भर परेको तर आफ्नो परिवारको बिल्लीबाठ बनाएकाले भेटे ज्यान लिनेसम्मको धम्की वयानकै क्रममा दिएका छन् । अब समितिले प्रतिवेदन तयार पार्नेछ । यसले समगूहकारी पीडितलाई न्याय दिन सक्ने नसक्नेबारे प्रश्न अनुत्तरित नै छ । समितिले सुझाव मात्रै दिने हो । कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालय मौन बसे समिति बनाउनुको औचित्य सकिने छ । अहिले समितिमा सत्ता पक्षको बहुमत तथा केही तथय प्रमाणमा टेक्दै रवि डाम्ने बाटो भने जीवितै देखिन्छ ।