Breaking

नर्स ममता काफ्ले : न सास भेटियो न लास,पक्राउ परे पतिनरेश


काठमाडौँ – अमेरिकामा तीन सातादेखि बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको विषयले अहिले सामाजिक सञ्जाल तातिएको छ । उक्त घटना अहिले भर्जिनिया राज्यमा मात्र नभएर अमेरिकाव्यापी र नेपालमा समेत चासोको विषय बनेको छ । उनको हत्या गरेर शव लुकाएको अभियोगमा उनका श्रीमान नरेश भट्ट पक्राउ परेपछि अझ तातिएको यो विषयले अमेरिकामा समेत घरेलु हिंसाको यो रुप भन्दै प्रश्न उठाउने जमात बढ्दो छ । आखिर यो घटना के हो ? अनुसन्धानमा के भइरहेको छ त ?

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको तीन हप्तापछि त्यहाँको प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ। उनीमाथि ममताको हत्या गरेर शव लुकाएको अभियोग छ भने यसलाई पुष्टि गर्ने सुराकहरुमिलेको प्रहरीले दाबी गरेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार भट्टलाई मनासस पार्कस्थितउनकै घरबाट बिहीबार पक्राउ गरिएको हो। जसका केहीतस्वीरहरू समेत सार्वजनिक हुँदा श्रीमतीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन भने उनी बेपत्ता भएको विषयमा अनुसन्धान जारी छ।भिडियो फुटेजमा पहेँलो ब्ल्यांकेटमा एउटा शिशुलाई पनि घरबाट बाहिर निकालिएको देखिन्छ । उनी ममताकी १ वर्षकी छोरी भएको समाचारमा जनाइएको छ। प्रहरीले छोरीलाई समाज सेवा विभागद्वारा अनुमोदित हेरचाहकर्ताले रेखदेख गरिरहेको बताएको छ।

के हो त घटना?

यो जान्न भने २२ दिनअघि फर्किनुपर्ने हुन्छ । जुनदिन अर्थात साउन १६ बाट भर्जिनिया राज्यको मनासस पार्कबाट २८ वर्षीया ममता बेपत्ता छिन् । तर श्रीमान नरेशले भने आफ्नी श्रीमती हराएको बारेमा प्रहरीमा रिपोर्ट गर्न चाहेनन् । उनले साउन २१ मा मात्रै प्रहरीमा पुगेर श्रीमती काफ्ले हराएको रिपोर्ट गरेपनि त्यसअघि नै अर्थात साउन १८ मा प्रहरी उनको घरमा पुगेको थियो । त्यतिबेला घरमै रहेका ममताका पति नरेश भट्टसँग प्रहरीले सोधपुछ गरेको थियो ।

तर श्रीमानले नै रिपोर्ट गरेपछि मात्रै प्रहरीले अनुसन्धान तीव्र पारेको थियो । यद्यपि योबीचमा अमेरिकी मिडियाहरु वासिङटन पोस्टदेखि विभिन्न सञ्चारमाध्यमहरुमा ममता हराएकोसमाचार आएका थिए भने २८ वर्षकी ममताको श्रीमानसँग खटपट भएको सूचना सामाजिक सञ्जालबाट सार्वजनिक भएकोथियो । जसबारे उनले सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया नामक फेसबुक पेजमासमेत पोष्ट गरेकी थिइन् ।

के प्रमाणका आधारमा पक्राउ परे नरेश ?

कुन प्रमाणका आधारमा नरेशको गिरफ्तारी भएको हो भन्ने विषयमा प्रहरीले सार्वजनिक गरेको छैन । तर उनीमाथि अनुसन्धानमा सहयोग नगरेको आरोप छ । यहि कारण उनले दिएको बयानमासमेत प्रहरीले शंका गरेको छ । प्रहरीका अनुसार ममतालाई अन्तिम पटक जुलाई २७ मा मनाससको युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। भोलिपल्ट उनले एक साथीसँग कुरा गरिन् र ३१ जुलाईमा उनलाई अन्तिम पटक उनका पतिले देखेका थिए। गत बुधबार प्रहरीले ‘सर्च वारेन्ट’ नै लिएर उनको घरमा खोजतलास गरेको थियो । त्यही दिन राति पत्रकार सम्मेलनको क्रममा, मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले धेरै सुराकहरू पछ्याइएको र उक्त घटनासँग सम्बन्धित १० वटा खोजी वारेन्टहरू सञ्चालन गरेको जनाएका थिए। साथै उनले ममताका श्रीमानले प्रहरीलाई सहयोग नगरेको र स्वार्थी व्यक्तिका रूपमा पहिचान गरिएको पनि बताएका थिए।

को हुन् त ममता ?के भन्छन् पती
ममताको पुख्र्यौली घर काभ्रे जिल्लाको पनौती हो । अमेरिकाको भर्जिनियामा रजिस्टर्ड नर्सका रूपमा कार्यरत उनकी एउटी छोरी छिन्। जो यही महिनामात्रै १ वर्ष पुग्नेछिन्। श्रीमानकै बयानलाई आधार मान्ने हो भने उनी यसअघि पनि तीन पटक हराएकी थिइन्। यो चोटीजस्तो लामो समय कहिल्यै नहराएको दाबी गरेका नरेशले श्रीमती हराएकोमा चिन्तित रहेको बयान दिएका छन् । तर प्रहरी भने उनैले हत्या गरेको निचोडमा पुगेको छ । यद्यपि, श्रीमतीको हत्यालाई पुष्टि गर्ने यथेष्ट प्रमाणको खोजी गरिरहेको प्रहरी अन्तिम निष्कर्षमा भने पुग्न बाँकी नै छ । अनुसन्धान जारी रहेकाले अहिले नै नरेशमाथि हत्याको दोष लगाउन नमिले पनि चाँडै नै यो घटना निष्कर्षमा पुग्ने अपेक्षा गर्न सकिन्छ ।