राजनीति

मुकुलको रविमाथि आरोप : ठगी, भ्रष्टाचार प्रमाणित गर्न सक्छु


काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, भ्रष्टाचार र राहदानी दुरुपयोगमा संलग्न रहेको दाबी गर्दै प्रमाण्ति गर्न सक्ने जिकीर गरेकाछन् ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले यो विषय आफूले प्रमाणित गर्न सक्ने बताएकाहुन् । ढकालले आफैँ ठगी, भ्रष्टाचार र राहदानी दुरुपयोगका संलग्न भएका लामिछानेले आफूमाथि दुराशय राखेर कारबाहीको प्रक्रिया थालेको आरोप लगाए ।

उनले रविमाथि सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभएको तर्क पनि गरेका छन् । रविले पार्टीमा निरंकुशता लादेको मुकुलको भनाइ छ । तर, रविको निरंकुशतासँग नहार्ने उनको भनाइ छ । आफू नभएर रवि रविचाहिँ पार्टीविपरीत लागेको उनको दाबी छ ।