Breaking

स्थगित भएको कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ ।

गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ ।