Breaking

त्रिविमा बुद्धिभन्दा बल, बलभन्दा दल ठूलो देखियो : सुमना श्रेष्ठ


काठमाडौँ पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपाकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभाग प्रमुखको नियुक्तिमा नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच झगडा देखिनुमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीकै कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्रिविमा बुद्धिभन्दा बल ठूलो, बलभन्दा दल ठूलोजस्तो देखिएको टिप्पणी गरिन्।

‘सानो हुँदा पढेको थिएँ, बलभन्दा बुद्धि ठूलो। अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने, धेरै सांसदहरूले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भन्दाखेरी हैन, बुद्धिभन्दा बल ठूलो, बलभन्दा दल ठूलो भनेर पठाइयो, विभागीय प्रमुखको लागि। यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो। यो यतिमा मात्र सीमित रहँदैन। यसमा कार्यक्षमता, नियतको पनि प्रश्न उठ्छ,’ उनले भने।

विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री रहेको बताउँदै उनले नै समाधान गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी श्रेष्ठले बताइन्।

‘एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने१ त्यो मन्त्रीहरूको परिषद्को कप्तान कोरु प्रधानमन्त्री। दलीय राजनीतिले जर्जर बनाएको, दुईवटा भ्रातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जर्जर बनाएर, हैन म यसलाई दिशा दिन्छु भनेर त्यो हाँक्ने कप्तान कोरु प्रधानमन्त्री। त्यसपछि साउन १५ गतेतिर चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा गार्डलाई कुटे।

क्याम्पस प्रमुख मूक दर्शक बने। त्यसको माउ पार्टीको अध्यक्ष कोरु प्रधानमन्त्री। शिक्षालयमा अहिले दल चाहिन्छ भनेर सेनापतिका रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने, शिक्षकहरूले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छरु प्रधानमन्त्री। जरोमा पनि उही, टुप्पोमा पनि उही। यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारणचाहिँ के छरु,’ उनको प्रश्न थियो।