Breaking

ओलीको तीर सधैँ सुमनामाथि, यस्ता छन् भिडन्तका लेखाजोखा


काठमाडौँ – दुई पटक सत्ता यात्रा गर्दा नेकपा एमालेकै साथमा सामेल भएको राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सम्बन्ध अहिले खास्सै सुमधुर छैन । त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा सांसद सुमना श्रेष्ठबीचको सम्बन्ध सँगै सरकारमा हुँदादेखि नै तिक्ततापूर्ण छ । बारम्बार एकअर्काप्रति कटाक्ष गर्दै आइरहेका यी दुईबीचको भिडन्त अन्त्य हुनुको सट्टा लम्बिँदै गएको छ ।

यो हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ १९ गते शनिबार तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको अभिव्यक्ति हो । यसले के पुष्टि गर्छ भने प्रधानमन्त्री ओली र पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रेष्ठबीचको टकराव पुरानै हो । एउटै समीकरण हुँदादेखि नै सुरु भएको यी दुईबीचको भिडन्त झन् अहिले सत्ता र प्रतिपक्षी कित्तामा पुगेपछि छरपस्ट हुने गरी पोखिन थालेको छ ।

सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालसम्मै ओली र श्रेष्ठबीचको टसल देख्न सकिन्छ । ओलीले सुमनाप्रति आफ्ना असन्तुष्टिहरू विभित्र मञ्चको प्रयोग गर्दै पोख्ने गरे पनि श्रेष्ठले भने एक्स लगायतका सामाजिक सञ्जालको माध्यमबाट त्यसको प्रतिकारमा उत्रिने गर्छिन् । शनिबार मात्रै प्रधानमन्त्री ओलीले पूर्वशिक्षामन्त्री सुमनामाथि राजनीतिलाई जोडेर शिक्षकहरूमाथि एकतर्फी ढङ्गले दमनचक्र चलाउने काम गरेको आरोप लगाए । सरकारले शिक्षकमाथि दमन गर्न नमिल्ने बताएका ओलीले आठ सय २५ शिक्षकको राजीनामा र राजनीतिक आबद्धता त्याग्न लगाएका श्रेष्ठप्रति लक्षित गर्दै नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरूले उनीहरूमाथि दमन गरेको टिप्पणी गरे ।

शिक्षामन्त्री हुँदा आफूले गरेको एउटै उपलब्धिमा पनि ओलीले निरन्तर प्रहार गर्दा त्यसको खण्डनमा उत्रिएकी सुमनाले एक्समार्फत् ओलीलाई जवाफ फर्काइन् । ‘नो ईफ नो बट, शिक्षाबाट राजनीति कट’ भन्दै ओलीलाई जवाफ दिएकी श्रेष्ठले शिक्षा क्षेत्रमा राजनीतिलाई कुनै पनि स्थान नहुने दोहो¥याइन् । उनी यसैमा मात्रै रोकिनन् ।

शिक्षकले भोट हाल्न र राजनीतिक आस्था राख्न पाउने तर, दलको सदस्यतासँगै पदाधिकारी हुन नपाउने पनि पुनः दोहो¥याउँदै अर्काे ट्विट पोष्ट गरिन् । साथै उनले जिम्मेवारी पूरा नगरे पनि राजनैतिक संरक्षणमा कारवाही नहुने परम्पराको अन्त्य र सरुवा, बढुवाका लागि दलको दास हुन नपर्ने टिप्पणी गरिन् । प्रधानमन्त्री ओलीले आफूप्रति लगाएको आरोपपछि दुई वटा पोष्ट गरेकी उनले कुनै शङ्का भन्दै प्रश्न खडा गरेर ओलीलाई काउण्टर दिएकी छन् ।

शिक्षा क्षेत्रमा जारी राजनीतिकरणको अन्त्य गर्ने सुमनाको निर्णयबाट रुष्ट भएका ओलीको द्वन्द्व त्रिविको रेक्टर र रजिष्ट्रार नियुक्तिमा पनि छ । नियुक्तिमा भागबण्डा खोजेका ओलीले एमाले निकट प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष वेदराज केसीलाई रजिष्ट्रार बनाउन चाहे पनि उपकुलपति केशरजङ्ग बराल र सुमनाकै कारण पछि हट्नु परेको थियो । त्यसपछि सुमनाको खेदो खत्र पछि लागेका ओली उनको वैवाहिक सम्बन्धबाट पनि असन्तुष्ट छन् । विदेशी नागरिकसँग बिहे गरेको र माइतीघर घुम्न आउँदा सांसद र मन्त्री भएकी भन्दै ओलीले टिप्पणी गरेका थिए । ओली भर्सेस सुमनामा राजनीतिकभन्दा पनि व्यक्तिगत तुष हाबी हुँदै जाँदा ओली तुच्छ टिप्पणीमा उत्रने गर्छन् । तर, एमाले नेता भने ओलीकै बचाउमा उत्रिने गरेका छन् ।

शिक्षा मन्त्री भएलगत्तैको पहिलो निर्णय शिक्षा क्षेत्रमा अति राजनीतिकरणको अन्त्य गर्नेदेखि त्रिविको रेक्टर र रजिष्ट्रार नियुक्तिमा हारको स्वाद चखाएपछि सुमनासँग ओलीको सम्बन्ध बिग्रिएको देखिन्छ । प्राज्ञिक संस्थामा राजनीति घुसाउन नहुने तर्क गर्दै सुमना कडा बन्दा ओलीले भने शिक्षकप्रति उदार हुने सन्देश दिएका छन् । यसले यी दुईबीचको बढ्दो तिक्ततामा पूर्णविराम लाग्नेभन्दा पनि अझै लम्बिदै जाने सङ्केत गरेको छ ।

दुबै राजनीतिकर्मी समाजमा देखिएका समस्या समाधान तथा सुधार ल्याउने हेतुका साथ राजनीतिमा होमिएकाले इगोकै कारण बैरभाव राख्नुभन्दा मिलेर नै हरेक क्षेत्रमा जकडिएर बसेको बेथितिलाई जरैदेखि फाल्न लाग्नु पर्ने देखिन्छ । एकअर्काप्रति हिलो छ्यापाछ्यापको राजनीति अन्त्य गर्दै स्वस्थ राजनीतिमा लाग्दा सबैले चाहेको जस्तो शिक्षा क्षेत्रको सुधार अवश्य सम्भव हुनेछ । तर, एउटाले गरेको कामलाई अर्कोले आलोचना गर्ने, सके कार्यान्वयनमै बाधा पु¥याउने प्रवृत्ति हाबी हुनुले निश्चय पनि नेपाली राजनीतिलाई विद्रुपीकरण गर्ने पक्का छ ।