काठमाडौं । साफ यू–२० च्याम्पियनशिप फुटबलमा भारतले भुटानलाई हराएको छ ।
आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा भारतले भुटानलाई १–० गोलले हराएको हो । भारतका लागि खेलको मिनेटमो मोनिरुल मोलाले ३७ औं मिनेटमा गोल नै निर्णायक भयो ।
जीतसँगै भारतले समूह ‘बी’ मा ३ अङ्क जोडेको छ । प्रतियोगितामा भोलि समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । हिजोदेखि शुरू भएको प्रतियोगिता यही भदौ १२ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया