अर्थनीति

भारतले थप २५१ मेगावाट विद्युत खरिद गर्ने


काठमाडौं । भारतले थप २५१ मेगावाटको विद्युत खरिद गर्नेे भएको छ।

नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने भारतीय दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको छ ।

मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजान्छ ।

२५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता तथा खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।