Breaking

सुदूरपश्चिम सरकारले पहिरोमा ज्यान गुमाएका धामीको परिवारलाई राहत दिने


बझाङ । सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्।

शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन्।

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका–१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो।

धामीकी श्रीमती ५५ वर्षीया काले धामी, बुहारी २५ वर्षीया गोल्के धामी, नातिनी ६ वर्षीया आकृति र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो। अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका छन्।