Breaking

नेता-कार्यकर्तालाई माओवादीको सर्कुलर : जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू


काठमाडौँ – नेकपा माओवादी केन्द्रले कांग्रेस(एमाले मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेलामा सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई परिपत्र गरेको छ। हालै बसेको स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टीपंक्तिमा परिपत्र पठाएका हुन्।

पार्टीको नेतृत्वको सरकार रहेको अवस्थामा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, भ्रष्टाचार विरुद्ध सुशासनको अभियान, सामाजिक न्याय सहित सीमित स्रोत साधनको अलावा आर्थिक समृद्धिको यात्रामा लागिरहेको अवस्था बेलामा असार १७ गते मध्यरातमा भएको सहमतिले ठूलो आशंका निम्त्याएको सर्कुलरमा उल्लेख छ।

भ्रष्ट्राचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टहरूलाई बचाउने नियत कांग्रेस र एमालेमा देखिएको जिकिर गरेका छन्।