Breaking

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता


काठमाडौँ – बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए ।

अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका केसीले बताए ।