Breaking

चुच्चे नक्साले ओलीलाई ‘साइड इफेक्ट’, मिलाउने सूत्र बन्दै आरजु


काठमाडौँ – अपेक्षित अवस्था विपरीत कांग्रेस एमाले मिलेपछि बनेको सरकार भारतलाई कम्फरटेबल नबनेको चर्चा छ । यसले कि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध सुधार्ने कि देउवा, ओली, प्रचण्ड नै मिलाउने दुईवटा विकल्प यो शक्तिसँग रहँदा पहिलो विकल्प के हुन्छ धेरैको चासो देखिन्छ । अर्थात भारत अहिले नेपालको वास्तविकता पत्ता लगाउन लागि परेको विश्लेष्णकाबीच ओली भारतको सम्बन्ध सुध्रिएला त ?

चुच्चेनक्साबाट बिग्रिएको केपी शर्मा ओली र भारतको सम्बन्ध अब के होला भन्ने चासो बढेको छ । विशेषत नेतृत्वमा रहन दक्षिणको साथ चाहिने ओपन सेक्रेटकाबीच एमाले कांग्रेसको सरप्राइजलाई भारतले कसरी लिइरहेको छ भन्ने प्रश्न यसमा जोडिएको छ । यतिमात्र नभएर मध्यरातमा सहमति गरेपनि धोका दिएका ओली नै नेतृत्वमा पुग्नु उनीहरुको टाउको दुखाई बनेको हो । त्यसमा पनि आफैँले चालेको कदमले पुष्पकमल दाहाल प्रचण्ड भित्तामा पुगेपछि नेपालमाथि लगाम छुट्ने त हैन भन्ने डरमा समेत भारतीय पक्ष देखिन्छ ।

यही कारण विदेश सचिव परिचयात्मक भ्रमणका नाममा नेपालको राजनीतिक अवस्थाको नाडी छाम्न नेपालको आएको चर्चा छ । फलतः वर्तमान राजनीतिक अवस्थाबारे प्रष्ट पार्न र ओलीसँगको सम्बन्ध सुधारको वातावरण बनाइदिन परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत गएको अर्को चर्चाकाबीच अमेरिकी शक्तिको बढ्दो दवावसमेत दक्षिणका लागि सह्य हुन छाडेको विश्लेषण छ ।

जसमा भारत भ्रमणको निम्तो आएको खबर बाहिरिँदा समेत थाइल्यान्डबाट विदेश भ्रमण शुरु गर्ने ओलीको अड्डीले समेत अर्को भूमिका खेलेको छ । यसले यो सत्ता ढल्ने मात्र नभएर आफूपनि सुरक्षित नहुने बुझाइमा शेरबहादुर देउवा देखिँदाभारत भने ओलीसँगै मिलेर जाने कि गठबन्धन फुटाउने भन्ने टुङगोमा नपुगेको भूराजनीतिका जानकाहरु बताउँछन् ।

जसमा कहिले चुच्चेनक्सा त कहिले नोटमा सोही नक्सा छाप्न लगाएर थ्रेड दिने ओली नफकिने अवस्था रहे भारतसँग पुष्पकमल दाहाल प्रचण्ड र देउवा मिलाउनुको विकल्पसमेत देखिँदैन । यही कारण सत्तारुढ एमालेविरुद्ध विपक्षमा रहेका कम्युनिष्ट एक बनाउने प्रयास भइरहेको तर्क गर्नेहरुसमेत छन् । जसले देउवाले धोका नदिने आशामा रहेका ओलीसमेत शंशकित देखिँदा ओली एक किसिमले घेराबन्दीमै पर्दै गएको देखिन्छ ।

जहाँनाकाबन्दीविरुद्ध बोल्दादेखि नै शुरु भएको घेराबन्दी प्रचण्डलाई बोक्दा बल्ल तोडिएको बताउने एमाले नेताहरुसमेत फेरि त्यहि अवस्था नआउला भन्नेमा ढुक्क छैनन् । अर्थात, देउवाकै साथले मात्रै सधैँ टिकिरहने आशामा नरहेका एमालेका नेताहरु राय बाझ्ँिदा समेत नयाँ विकल्प निस्कने भन्दै घुमाउरो पारामा भारतसँग सम्बन्धको नयाँ जग तयार हुनसक्ने संकेत गर्छन् ।

हुन त भारतभित्र सम्झौता गर्ने बाहिर राष्ट्रवादी बन्ने नेताको चरित्रबाटै वाक्क छन् । यही कारण उसले सही पात्र छनोटमा चुकिरहेको महसुस गरेको तर्क गर्ने भूराजनीतिका जानकारहरु त्यसैको विकल्पमा प्रचण्ड प्रयोग गरेको तर्क गर्छन् । त्यसमा भारतमा मोदीको खस्किएको हैसियतकै बेला अमेरिकाले लम्काएको हात नेपाल हेर्ने उसको डक्ट्रिनमा बाधक बनिरहेको छ । अर्थात भारत अमेरिकाका उच्चअधिकारीहरुको भ्रमणले समेत नेपालमा यी दुई शक्तिको प्रतिस्पर्धा भइरहेको विश्लेषणलाई बल पुर्याएको छ ।

फलतः भएकै शक्तिसंग सम्बन्ध सुधार्ने प्रयाससमेत जारी राख्नेबाटोमा भारत देखिन्छ । यसका लागि अन्य छिमेकीसँग बिग्रिएकोे सम्बन्धलेसमेत उसलाई यसका लागि बाध्य पार्दै छ । अर्थात काठमाडौँ, काबुल, माले वा ढाकामा एकैसाथ चारवटा भारत विरोधी सरकार सत्तामा आउँदा भिडेरभन्दा मिलेर जानु नै भारतलाई फाइदाजनक देखिन्छ ।

तर धेरै महत्व दिएर मात्तिने अवसर सिर्जना गर्नेमा समेत उनीहरु सचेत देखिँदाविगतमा आफूले प्रयास गर्दा समेत एक्सेस नदिएको भारतलाई गलाउन एमालेले यही समय प्रयोग गर्ने सम्भावना बलियो छ । यसका लागि कांग्रेस प्रयोग गर्ने र उसैलाई विश्वास दिलाएर सत्ता बलियो बनाउने दोहोरो खेलमा एमाले देखिन्छ ।

अहिले भारत नेभरहुड फस्ट कुटनीतिमा फेल भइसकेको विश्लेषण छ भनेसंविधान निर्माणका बेला भारतले लिएको नेपाल नीति पनि गलत पुष्टि भइसकेको छ । त्यहि अवस्थामा अहिलेको नेपाली राजनीतिक अवस्था पुग्दायसअघि पूर्वाग्रही भएको भारतीय संस्थापन नयाँ बाटोको खोजीमा लागेको रुपमासमेत हेरिएको छ ।

यता भारतले नचाहँदा सत्ताबाट कसरी हात धुनु पर्छ भन्ने प्रशस्त उदाहरणहरु छन् । जसबाट ओली अनविज्ञ रहने कुरा नै छैन । यसले उनको र भारतको सम्बन्ध सुध्रिने सम्भावना नै बढी देखिँदा अहिले टर्निक प्वाइन्टको खोजी भइरहेको बुझ्न गाह्रो छैन ।