Breaking

कम्युनिस्टबाटै घेरिँदै ओली, प्रचण्ड–माधवसहित सानाको एकता


काठमाडौँ – प्रतिपक्षमा पुगेपछि माओवादी पुनर्निर्माणमा लागेका पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्रै घेराबन्दीमा परेपछि नयाँ विकल्पको खोजीमा छन् । त्यसका लागि अन्य पार्टीसंग एकतादेखि मोर्चाबन्दीसम्मको तयारीमा उनी छन् । अर्थात सुझाव मनन गर्नेभन्दा पार्टीबाटै कम्युनिस्ट एकताको बहस गराएर उनी अर्कै बाटो हिँडेका छन् । जुन कति सम्भव छ त ?

सत्ता खोसिएसँगै प्रतिपक्षमा पुगेको माओवादी केन्द्र पार्टी सुदृढीकरणमा लागि परेको छ । जसका लागि श्रृंखलाबद्ध रुपमा विभिन्न तहको बैठक बोलाएर माओवादीले पार्टीको अवस्थाबारे घनीभूत छलफल गर्ने क्रम जारी छ। जसलेअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रहारको केन्द्रमा रहँदा उनीकम्युनिस्टहरूसँगको एकतामाअघि बढेका छन् । जसलाई स्थायी समिति बैठकमा छलफलमा ल्याएका उनी खासगरी माओवादी घटकसहित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्ने योजनामा छन् ।

जहाँ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट छुटेको महेन्द्रराय यादव समूह र विप्लव नेतृत्वको नेकपा माओवादीसँग एकता गर्न करिब तयार भइसकेका छन्। त्यस्तै प्रभु साह नेतृत्वको आमजनता पार्टीसँग पनि छलफल जारी राखेका प्रचण्डले बिहीबार बिहान मात्रै पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताबारे छलफल गरेका थिए ।

माधवलाई भेटे लगत्तै प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटेका उनले यही कदमबाट स्थायी समिति बैठकमा आफूमाथि उठिरहेको प्रश्नलाईसमेत कमजोर बनाए। अर्थात कम्युनिस्ट घटकहरुलाई जोडेर पार्टीको संकट छल्ने रणनीतिमा उनी रहेको यसले प्रष्ट हुँदाउनले माधवलाई प्रधानमन्त्री बनाउने ललिपप देखाइरहेका छन् । यसले पनि काम नगरेको अहिलेको अवस्थामासाझा संसदीय दल बनाउने अर्को अस्त्रसमेत अघि सारेका उनले विगतमासमेत माधवलाई अस्त्रका रुपमै प्रयोग गर्दै आएका थिए ।

फलतः अहिले पनि त्यही रणनीतिमा अघि बढेका उनी नेत्रविक्रम चन्द विप्लवलाई त महासचिवकै रुपमा भित्र्याएर वर्षमान पुन र जनार्दन शर्मा साइजमा ल्याउने तयारीमा रहेको चर्चा छ । जहाँ एकीकृत समाजवादीले भदौ ९ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउँदा यसले तय गर्ने बाटो प्रचण्डमैत्री त हुने होइन भन्ने अर्को प्रश्न छ ।

मुख्य कुरा त साना अन्तरविरोध अन्त्य गरेर ठूलो अन्तरविरोध सिर्जना गर्ने उनको बानी नै भएको माओवादीकै उपमहासचिव जनार्दन शर्माको आरोप छ । यही कारण प्रचण्डको अहिलेको चालले मूर्तरुप नलिएपनि उनी भने जोगिने छन् । त्यस्तै एकीकृत समाजवादीले पनि पार्टी एकता नै गर्न नसकिने भने भनेको छैन ।

बरु उसको डर विगतमा पनि गठबन्धन गरिहाल्ने वा पार्टी नै एकता गरेर पछि पछुताउने प्रचण्डको प्रवृत्तिसँग उनीहरु शंशकित देखिइरहेका छन् । त्यस्तै देशीविदेशी हावाले सत्तामै फर्किने अवस्था आए प्रचण्डले अहिलेको पहल नै बिर्सिने अर्को खतरा रहँदा आफ्नै नेताले प्रश्न उठाएको उनको नेतृत्व किन स्वीकार्ने भन्ने बहस पनि नेताहरुमा छ ।

त्यसमा पनि एकीकृत समाजवादीमा त माओवादीसँग एकता गर्नेभन्दा पनि एमाले रोज्नेकै संख्या ठूलो हुने अवस्था देखिन्छ । त्यस्तै संसदीय राजनीतिमा आएपछिको १७ वर्षमा प्रचण्डले सधैं आफू बलियो हुन पार्टी एकता वा विभाजनको परिस्थिति सिर्जना गरेका छन् । यही कारण अहिले एकता उनका लागि अपरिहार्य नै बन्दा भीम रावल,वामदेव गौतमदेखि उपेन्द्र यादवसम्मै समेट्ने उनको प्रयाससमेत तत्काल त्यति सम्भव देखिँदैन । यसले नेता व्यवस्थापनको अर्को खड्को तयार हुने पक्का हुँदा एमालेलाई नै टक्कर दिने शक्ति निर्माण उनीबाट सम्भव देखिँदैन ।

हुन त माओवादी अहिले प्रचण्डले नै चलाए सकिने र अरुले चलाउन नसक्ने अवस्थामा पुगेको छ । यसले पनि नाम,चुनाव चिन्ह नै फेरेर आफैँले साझा प्लेटफर्म तयार गर्ने बाटो भने बाँकी छ । जुन जनार्दन शर्माजस्ता नेताको समेत माग रहँदा यसले प्रतिपक्षमा रहेका कम्युनिस्टरुलाई एक हुने बहानासमेत मिल्ने छ । तर चर्चा ठूलो, प्रयास सानो वा एकता गर्ने भन्दा हुनै लाग्यो भन्ने हल्लामै फाइदा देखिरहेका प्रचण्डलेयसैमा खेल्ने सम्भावना नै बलियो छ ।