काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसाालले समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएकाछन् ।
आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताए ।
संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? भन्ने प्रश्न रहेको बताए । दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने उनको चेतावनी थियो ।
सांसद भुसालले दुई दलबीचको सहमतिले संविधानका मुलभुत मान्यताहरुमाथि प्रहार गर्न नपाइने बताए ।


प्रतिक्रिया