काठमाडौँ— पार्टीको नेतृत्वबाट हात धुनु पर्ने डरमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब पार्टीको सङ्कट टरेको भन्दै खुशी छन् । तर, के साचिकै अध्यक्ष प्रचण्डले भनेको जस्तै माओवादीमा सङ्कट टरेकै हो त ?
सत्ताको नेतृत्वबाट बाहिरिएर कुर्सीको बिछोडमा तड्पिरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्र पनि ठूलो सङ्कट आई पर्ने आँकलन गरिएको थियो । पार्टीको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले लिखित रुपमा नै पार्टी नेतृत्वको विकल्प खोजेपछि चार दशकसम्म मुखिया बनेर बसेका प्रचण्डमाथि अर्काे बज्रपात खस्ने डर सिर्जना भएको थियो । नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने शर्माको प्रस्तावले ठूलै तरङ्ग ल्याउँदा प्रचण्डको राजनीतिक भविष्याबारे पनि विभित्र टिकाटिप्पणी सुरु भईसकेको थियो । कि त जनार्दनले पार्टी फुटाउँछन् हैन भने नेतृत्वलाई बाहिर्गमनको बाटो देखाउँछन् भन्त्रे विश्लेषण भईरहँदा यी सब गन्थनमन्थनलाई अध्यक्ष प्रचण्डले रद्दीको टोकरीमा मिल्क्याइ दिएका छन् । जनार्दन र आफूबीच कुनै पनि बैमनश्यता नभएको र शनिबार बिहानमात्रै पनि आफ्नो निवास खुमलटारमा एकताबद्ध भएर जाने छलफल भएको बताएका प्रचण्डले जनार्दनले पार्टी फुटाउने कुरा निराधार रहेको स्पष्टीकरण दिए । कार्यकर्तालाई पनि ढुक्क हुन सुनाएका प्रचण्डले अब पार्टी फुट्ने संकट टरेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग छलफल गरेर स्थायी समिति बैठकमा जवाफ दिन पुगेका प्रचण्डले जनार्दनलाई दबावमा राखेका थिए । पार्टी एकीकरणको चर्चा चुलिरहँदा उनीहरूको वार्ताले जनार्दन हच्किएका छन् । यदि माधव र विप्लव पार्टीमा भित्रिँए त्यसको असर जनार्दनले खेप्नु पर्ने छ । माथिलो बरियताका नेता पार्टीमा छिरे मर्यादाक्रमको हिसावले पनि जनार्दन सोझै पुच्छार तिर झर्छन् । त्यसो हुँदा अहिलेको उनको नेतृत्व प्रतिको आंकाक्षा र विष बमन टाईटाई फिस हुने पक्का थियो ।
नारायणकाजी श्रेष्ठ, वर्षमान पुनः हरिबोल गजुरेल जस्ता नेताले पनि प्रचण्डको विकल्प नभएको निष्कर्ष निकालेपछि पार्टी फुटाएर लाने सामथ्र्य पनि शर्मामा छैन । अन्ततः प्रचण्डलाई बहिर्गमनको बाटो देखाउनतिर लागेका जनार्दश एक्लै परेपश्चात् पछि हट्न बाध्य बने । प्रचण्डको विकल्पमा पार्टी हाक्ने सामथ्र्य कोही कसैमा नभएको र पार्टीको नेतृत्वमा प्रचण्ड भए धुलो अरु भए लुलो हुने बुझेका दोस्रा तहका नेताहरू नेतृत्वलाई बलियो बनाएर गोलबन्द हुनुको विकल्प नभएको बताउने गरेका छन् ।
प्रचण्डले पार्टीभित्र र बाहिर दुबैतर्फबाट दबावमा पारेका जनार्दनसँग पार्टी फोड्नु, छोड्नु र सहर बस्नु तीन विकल्प मात्रै बाँकी हुँदा उनले अन्तिम विकल्प रोजे । तत्कालका लागि शर्मासँग सहेर बस्नुको विकल्प नहुँदा प्रचण्ड ‘फ्रन्टफुट’मा देखिएका छन् । तर, शर्माले उठाएका असन्तुष्टिका आवाजहरू भने पूर्णरुपमा बन्द नै भईहालेको छैन । माओवादीमा नेतृत्वको सुधार र परिवर्तन अपरिहार्य रहेको बुझाई अझै पनि पार्टीका नेताहरूको छ ।
प्रचण्ड यसपटक शर्मामाथि हाबी भए पनि माओवादीको सङ्कट भने अझै कायम नै छ । प्रचण्डले भनेको जस्तै तत्कालका लागि खड्गो टरेको जस्तो देखिए पनि विरोधका आवाज पूर्ण रुपमा मथ्थर भएको छैन ।
३५ वर्ष देखि नेतृत्वमा नै टाँसिरहेका प्रचण्डले पार्टीमा नेतृत्व गर्न सामथ्र्य राख्ने एक जना पनि उत्पादन गर्न नसक्नुले उनको लिडरसिपमा प्रश्न उठिसकेको छ । पार्टी निरन्तर ओरालो यात्रामा लागिरहँदा पनि सत्ता र शक्ति नै एकमात्र उद्देश्य राखेका प्रचण्ड अनेकन तिगडम गरेर नेतृत्वमा बसिरहँनु भन्दा पार्टीका अन्य पदाधिकारीको कुरा सुनेर नेतृत्व हस्तान्तरण गर्दा उनलाई र पार्टी दुबैलाई फाइदा हुने देखिन्छ । होइन भने जतिसुकै वर्ष नेतृत्व लम्ब्याउन सफल भए पनि पार्टीलाई भने त्यसले लाभ हैन क्षति हुने देखिन्छ ।
प्रतिक्रिया