काठमाडौँ— नेपाली राजनीतिमा आलोचना गरेर स्थापित भएका नेता हुन् गगन थापा र विश्वप्रकाश शर्मा । कांग्रेसको महामन्त्रीदेखि सांसदसम्म बत्र पुगेका थापा र शर्माको राजनीतिक यात्रा अरुको आलोचना र गालीमा नै सीमित छ । त्यसैले अहिले सधैँ अरुलाई गाली गरेकै भरमा आफ्नो राजनीतिक भविष्य कहिलेसम्म भत्रे प्रश्न उनीहरूमाथि उठ्न थालेको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राजनीतिमा के गरे भनेर कसैले प्रश्न गरे भने आउने जवाफ एउटै हुन्छ । त्यो हो, अरुलाई गाली । यी दुई महामन्त्री यस्ता राजनीतिकर्मी नेता हुन्, जो आफूले गरेर देखाउने भन्दा पनि अरुले गरेका काममा औँला उठाइरहन्छन्, खबरदारी र प्रश्न उठाइरहन्छन् । पार्टी भित्र होस् वा आफ्नै पार्टी सहभागी सरकार ।
कोही कसैमाथि औँला उठाउन बाँकी राख्दैनन् । उनीहरूको राजनीति गर्ने ब्रह्मास्त्र नै पदमा बसेकालाई गाली र आलोचना गर्नु हुनेगर्छ । पार्टीमा आफू जिम्मेवार पदमा हुँदा पनि सभापतिलाई गाली गरेर नथाक्ने उनीहरू सरकारको प्रतिपक्षमा होस् कि सत्तामा समस्या देखाएर विरोधका आवाज उठाइ नै रहन्छन् । तर, उनीहरू त्यो समस्याको समाधान दिने ठाउँमा भने जानै चाहदैँनन् । किन भने उनीहरूलाई थाहा छ कि मन्त्री बनिसकेपछि अरुको आलोचना गरेजस्तो काम गरेर देखाउन सजिलो छैन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कीर्ते शर्मा ओलीको नामाकरण गरिदिएका महामन्त्री थापासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि परराष्ट्र, भौतिक, कृषि, वन, कानुन, श्रम, हरेक मन्त्रालयमा भएका समस्याका समाधान छ । यद्यपि, उनी आफैँ मन्त्रालय सम्हाल्ने आँट भने गर्न सक्दैनन् । भत्र जति सजिलो हुन्छ गरेर देखाउन त्यति नै गाह्रो । यही बुझेका महामन्त्रीद्वय कांग्रेस र एमाले जस्ता दुई ठूला पार्टी मिलेर बनेको सरकारसँगै दुई तिहाइको बहुमत हुँदा पनि मन्त्रिपरिषद्मा जानै चाहेनन् ।
त्यसो त महामन्त्री थापा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा २०७३ भदौदेखि २०७४ जेठसम्म नौ महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । आफ्नो कार्यकालमा केही सुधारका कार्य गर्ने प्रयास गरेका उनका कतिपय घोषणा तथा निर्णयहरु अहिले पनि अलपत्र देखिन्छन् । रवि लामिछाने गृहमन्त्री हुँदा सहकारी ठगीको समस्या हल गर्ने उपायदेखि आकाशको तारा नै झार्ने हुंकार गरेका थिए । सहकारी ठग नै रवि भएको प्रमाण भएको बताएका उनीहरूले आफ्नै पार्टी सरकारमा भएको अहिलेको समयमा रविलाई कारवाही गर्न किन हिच्किचाइरहेका छन् ? यी दुई महामन्त्रीहरूले नै तत्कालीन गृहमन्त्री लामिछाने जोडिएको सहकारीको मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीलाई पदको दुरुपयोग गर्दै सरुवा गरेको बताइरहँदा मन्त्री भएरै यसमा थप एक्सनमा उत्रिएका भए उनीहरूको बोलीको मूल्य हुने थियो । तर, महामन्त्रीहरू त्यतातिरभन्दा अरुको आलोचना गर्नमा रमाइरहेका छन् ।
यसो भन्दै गर्दा महामन्त्रीहरूले आलोचना वा विरोध गर्नै हुत्र भत्र बिल्कुलै होइन । जहिल्यै अरुले काम गरेको भएन मात्रै भत्रुभन्दा डेलिभरी दिने ठाउँमा आफैँ गएर कोही कसैले आलोचना गर्न नसक्ने गरि काम गरेर देखाउन आवश्यक छ । पार्टीदेखि सत्तामा जसले जेजस्तो गरे पनि आलोचनाकै भरमा आफ्नो राजनीतिक यात्रा अघि बढाइरहेका यी दुई महामन्त्रीबाट उनीहरूका निर्वाचन क्षेत्रका मतदाताले मात्रै नभई समग्र देशबासीले नै अपेक्षा राखेका छन् । आफ्नै पार्टी सरकारमा हुँदा प्रतिपक्षीको भन्दा चर्को स्वर महामन्त्रीद्वयकै सुनिने गरेको छ । गलत काम र कमीकमजोरीमा विपक्षी हुँदा मात्रै नभइ सत्तामा हुँदा पनि औँला उठाउनु अस्वभाविक देखिए पनि लोकतन्त्रमा जायज ठानिनु पर्छ नै । तर, आफ्नै नेतृत्वको हरेक पाइलामा काँडा राख्न खोज्नुले उनीहरुको नियतमाथि नै शंका उब्जाउने गरेको छ ।
सत्ता र प्रतिपक्षको भूमिका फरक हुन्छ । तर यी दुई महामन्त्रीको चरित्रलाई हेर्दा सधैँ उनीहरु प्रतिपक्षी कित्तामा उभिएको भान हुन्छ । यसले कहिलेकाहीँ प्रतिपक्षीहरु पनि झुक्किने अवस्था आउँछ । ‘हामी बोल्दै छौँ कि अरुले हाम्रो पक्षमा बोल्दैछन् ?’ प्रतिपक्षी नै फरक छुट्याउनै नसक्ने गरी द्विविधामा पर्ने गर्छन् । कहिलेकाहीँ त पार्टी र गठबन्धनभित्र खटपट सुरु भएको शंका उब्जिने गरी उनीहरुको भूमिका देखिन्छ । त्यसैले खाली अरुको मात्रै कुरा काट्नुभन्दा आफैँले जिम्मेवारी बहन गर्दै ‘फ्रन्टफुट’मा काम गरेर देखाउन जरुरी देखिन्छ । न कि विरोध गर्नका लागि गरिदिऔँ भन्ने मानसिकताबाट गुज्रिनु उनीहरु स्वयम्का लागि घातक देखिन्छ ।
प्रतिक्रिया