राजनीति

मोदी फकाउन दिल्ली हानिदै आरजु, चुच्चे नक्सामा बोल्लिन् ?ओलीको पहिलो भ्रमण भारत होला ? (भिडियोसहित)


काठमाडौँ— परराष्ट्रमन्त्री भएपछि डा.आरजु राणा देउवा पहिलो चोटि भारत भ्रमणमा जाने भएकी छिन् । सो अवसरमा राखि बाध्ने देखि समकक्षी भेट्नेसम्मको कार्यक्रम तय हुँदा उनको यो भ्रमणलाई चासोपूर्ण रुपमा हेरिएको छ । आखिर के के गर्लिन त राणाले यो अवसरमा ?

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो भने उनी अहिले भारतसंग नै राम्रो सम्बन्ध नभएको दाबी गरिएका प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटकी मन्त्री हुन् ।
उनलाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिएका थिए । राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ भने सो अवसरमा उनले भारतका विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन् । मन्त्रालयले जयशंकरसँगको भेटवार्ताको लागि गृहकार्य थालिसक्दा तीन बर्षपछि राखि कार्यक्रम समेत दोहोरिने बताईएको छ । अर्थात तीन वर्षअघि ०७८ भदौ ६ मा जनैपूर्णिका दिन भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई राणाले राखी बाँधेकी थिइन । अहिलेको भ्रमणमा समेत नयाँदिल्लीमा उनले सोमबार (३ भदौमा ) चौथाइवालेलाई राखी बाँध्ने कार्यक्रम रहेको बताईएको छ । भारत भ्रमणकै बेलामा राणाले आफ्नो स्वास्थ्य उपचार पनि गर्ने कार्यक्रम रहेको छ जहाँ यो भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट भारतीय राष्ट्रपति द्रौपदी मुर्मूका लागि नेपाल भ्रमणको निमन्त्रणापत्र लिएर जानेछिन । जुन भेटेरै दिने उनको ईच्छा भएपनि भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसंग शिष्टाचारको भेटका लागि उताबाट समय प्राप्त भईसकेको छैन् । यो भ्रमणलाई दुई देशको आपसी सद्भाव र सम्बन्धलाई थप मजबुत बनाउन परराष्ट्र मन्त्री भारत जान लागेको बताइएको छ । जुन भ्रमण मन्त्रीपरिषदको बैठकले समेत स्वीकृती प्रदान गरिसकेको छ ।

तर एक त दक्षिणकै मान्दा पुष्पकमल दाहाल प्रचण्ड विपक्षी कित्तामा पुग्नु,अर्कातर्फ कांग्रेसले अनपेक्षित रुपमा एमालेले वोक्नुले भारतलाई अच्चमित छ । यहि कारण शेरबहादुर देउवाकी पत्नी समेत रहेकि राणाको भ्रमणलाई चासोका साथ हेरिएको छ । यस्ता भ्रमणका वेला सिमा विवाद देखि दुई देशबीच देखिएको विवाद कसरी उठ्छन यसैपनि चासो रहँदै आएको छ । जहाँ चुच्चे नक्साको वकालत गर्ने ओली नै अहिले प्रधानमन्त्री छन् । फलत : मन नपराएको पात्र नेतृत्वमा रहनु तर प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारत नै हुने परम्परा नै जस्तै बन्दै आएको परिप्रेक्षमा राणाको भ्रमण यहि सहजिकरणको तयारीका रुपमा समेत हेरिएको छ । निमन्त्रणाको सम्बन्धमा भने प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि आइतबार भारतीय विदेशसचिवमार्फत निमन्त्रणा दिएको सार्वजनिक भयो । त्यही दिन मोदीका तर्फबाट पनि प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिइएको बताईएको छ । यता ओली भने विमष्टेकको सम्मलेन भए पहिलो भ्रमण थाईल्याण्ड जाने तयारीमा छन् । त्यसपछि असोज ५ असोजमा संयुक्त राष्ट्रसंघीय महासभा (न्युयोर्क)का लागि जाने तयारीमा रहेका उनी त्यो भन्दा अघि नै भारत भ्रमण पनि हुन सक्ने चर्चा समेत छ । अर्थात भारतलाई नफकाई केहि धेरै टिक्न नसकिने अवस्थाकाबीच त्यस शक्ती विरुद्ध उभिएका शत्तीले भारसंग सम्बन्ध सुधार गर्न खोजेकै रुपमा समेत राणाको भ्रमणलाई हेरिएको छ ।

हुन त प्रचण्ड ओलीसंग मिलेकै विषयमा भारत खुसी थिएन । फलत ः उतैको ईशारामा दक्षिणी चासो पनि सम्बोधन हुने र आफ्नो सरकार पनि लम्बिने विश्वासका साथ प्रचण्डले राष्ट्रिय सहमतीको सरकार वहसमा ल्याएका थिए भन्ने चर्चा समेत छ । जसले उल्टो नतिजा दिदै ठूला दललाई एक ठाँउमा उभ्याईदिएको अहिलेको अवस्थामा देउवाले ओली वोकेको समेत यो शक्तीले मन पराएको छैन । जसले कि ओलीसंग सम्बन्ध सुधार्ने कि प्रचण्ड देउवा मिलाउने विकल्पमै भारत छ । यहि कारण आरजुमार्फत वर्तमान समिकरणको आवश्यकताको विफ्रिङ भारतले सुन्न चाहेको भुराजनीतिका जानकारहरु बताउँछन् । यहि कारण शक्ती राष्ट्रको बढ्दो नेपाल भ्रमणकाबीच आरजुको भारत भ्रमण समेत हल्का रुपमा लिनसक्ने अवस्था देखिदैन ।