Breaking

ओलीको सरकारले भारत र अमेरिकाको निद हराम


काठमाडौँ – प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएसंगै शक्तिराष्ट्रका प्रतिनिधिको भ्रमण बाक्लिएको छ । वर्तमान सरकारलाई विदेशी शक्तिविरुद्ध दलहरुको एकताको रुपमा हेरिँदा यी भ्रमण अर्थपूर्ण छन् । जसले दक्षिणकै इसारामा कदम चाल्दा सत्ताविहीन भएका पुष्पकमल दाहालको भविष्यसम्म यसलाई जोडिँदा विदेशीकोबाक्लो भ्रमण चासोपूर्ण देखिन्छ ।

भारतीय स्वार्थविपरीत ९ वर्षपछि एमाले–कांग्रेस एक ठाँउमा उभिएको चर्चाकाबीच गत आइतबार भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौँ ओर्लिए । दुई दिने भ्रमणमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि, विपक्षी दलका नेता तथा विभिन्न मन्त्रीहरुसँग पनि भेटघाट गर्न भ्याए । भुटानपछि नेपाल उत्रिएका उनको यो भ्रमणलाई चासोपूर्ण रुपमा हेरिँदा दुवै पक्षले उच्चस्तरीय भ्रमणहरूको निरन्तरता कै रुपमा यसलाई अथ्र्याएको छ ।

सामान्य रुपमा हेर्दा पनि कांग्रेस–एमाले गठबन्धनमा सरकार बनेपछि भारतबाट पहिलो भ्रमण भएकाले उनले नयाँ सरकारका लागि भारतीय सन्देश पक्कै पनि ल्याएको हुनुपर्ने जानकारहरुको तर्क छ । तर उनको एजेण्डा के थियो? अझै खुलेको भने छैन । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मात्र नभएर त्यसअघिका भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजराल र मनमोहन सिंहका समेत निजी सचिव भइसकेका मिस्त्री विज्ञताका हिसाबले समेत चीन मामिलका जानकार हुन् ।

यसैबीच मिश्री नेपाल भ्रमणमा आएर फर्किएको चार दिनपछि अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा अहिले काठमाडौँमा छन् । भोलि भारतजाने उनले पनि उच्चस्तरीय भेटमा तीव्रता दिँदाएकपछि अर्को शक्ति राष्ट्रको भ्रमण बढेको देखिन्छ भने सर्वत्रा चासोमा परेको छ । दक्षिण एसियामै बढ्दो विद्रोह र विशेषत बंगलादेशमा भएको सत्तापलटकाबीच उनी नेपाल भ्रमणमा आउनुलाई नियमित भ्रमणका रुपमा मात्र मान्न यस क्षेत्रका विज्ञहरु तयार छैनन् ।

बर्मासमेत नेपाल किन आएभन्ने मुख्य उद्देश्य बाहिर नआउँदा दक्षिणकै कुरा मान्दा पुष्पकमल दाहाल प्रचण्ड विपक्षमा पुगेको विश्लेषणकाबीच बढ्दो यो भ्रमणले अझ आशंका र प्रश्नहरु जन्माएको छ ।जसले नेपाली राजनीति र नेताहरुको असली अवस्था के हो भन्ने समेत संकेत गर्दा भूराजनीतिका जानकार अरुणकुमार सुवेदी भने यो अवस्था कसका कारण आयो भन्ने सोच्नुपर्ने तर्क गर्छन् ।

हुन पनि केपी शर्मा ओलीसंग भारतको सम्बन्ध राम्रो छैन भने प्रधानमन्त्री भएपनि पहिलो भ्रमण उतैबाट गर्ने परम्पराकै रुपमा छ । त्यहि वातावरण निर्माणका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाभारत भ्रमणमा जाने तय भइसक्दा अहिलेको राजनीतिक स्थिति प्रचण्ड जेठ २७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा नयाँदिल्ली गएर फर्किएपछि आएको मोडकै रुपमा हेरिन थालिएको छ ।

अर्थात नेपालमा भएको वामपन्थी धुव्रीकरणकाबीच प्रचण्ड र शेरबहादुर देउवा एक ठाँउ उभ्याउने दक्षिणको तयारी फेल खाँदा ओली प्रधानमन्त्री बनेको विश्लेषण भइरहेको छ । जसले संविधान जारी भएपछि भारतीय संस्थापनले अर्को सरप्राइज पाएको रुपमा व्याख्या गरिँदा अहिले विपक्षी कम्युनिष्ट शक्ति एकढिक्का पार्ने र सत्तापक्षविरुद्ध भिडाउने तयारी भइरहेको चर्चा छ ।

फलतः केहिले संविधान निर्माणका बेला भारतले लिएको नेपाल नीति गलत पुष्टि भइसक्दा पनि पूर्वाग्रही भएको भारतीय संस्थापन नयाँ बाटोको खोजीमा लागेको रुपमासमेत दाबी गर्छन् । जुन ओलीसंगको सम्बन्ध सुधार हुनेतर्फ अघि बढ्छ कि प्रचण्ड देउवा मिलनको वातावरण बन्छ भन्ने एकिन भएको छैन । यद्यपि भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्य भने नेपाली नेता त्यो हैसियत भन्दा माथि उठिसकेको तर्क गर्छन् ।

हुन त अहिलेको गठबन्धनलाई प्रचण्डले धोका दिएको शक्तिहरुको मिलन भएको कांग्रेस एमालेका नेताहरु दाबी गर्छन् । त्यसमा धोका नदिने देउवा स्वभावले गठबन्धन टिक्ने सम्भावनासमेत उच्च छ । तर संविधान नै संशोधन हुनसक्ने अवस्था नहुनु तथा साना दल च्याप्ने रणनीतिमा कांग्रेसको फरक मत रहनु समस्याकै रुपमा छ । त्यसमा कांग्रेसकै एक तप्का सुरुबाटै यो गठबन्धन नटिक्नेभन्दै अघि बढ्दा शक्ति राष्ट्रहरुको यो दौडधुपको नतिजा नयाँ राजनीतिक घटनाक्रम नहोला भन्न सकिँदैन ।