Breaking

शेखरलाई सभापति बन्ने हतारो, प्रधानमन्त्री बनेर पार्टी कब्जा गर्ने रणनीतिमा देउवा


काठमाडौँ – देशको ठूलो दल नेपाली कांग्रेसमा१५ औँ महाधिवेशनको सरगर्मी बढ्न थालेकोछ । महाधिवेशन आउनुभन्दा वर्ष दिन अगाडिबाटै कांग्रेसमा आगामी नेतृत्व हत्याउन नेताहरुबीच अन्तर संघर्ष सुरु भएको छ । तर सभापति शेरबहादुर देउवा भने महाधिवेशन छल्ने वा समय लम्ब्याउने दाउमा छन् । संस्थापन र संस्थापनइतर समूहबीच सुरु भएको संघर्षले कांग्रेसमा कलह सुरु भएको छ ।

आफूलाई लोकतान्त्रिक पार्टी मान्ने कांग्रेसले विगतदेखि नै विधानअनुसार समयमै महाधिवेशन गर्न सकेको छैन । जसको पुनरावृत्ति हालसम्म हुँदै आएको छ । आन्तरिक गुट, उपगुटमा अल्मलिएको आरोप लाग्ने गरेको कांग्रेसले आगामी महाधिवेसनबाट कस्तो नेतृत्व छान्ला ? अहिलेबाटै चासो बढ्न थालेको छ । हाल नेतृत्व गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा विधानतः तेस्रो कार्यकालका लागि फेरि दोहोरिन नमिल्ने अवस्थामा छन् ।

दुई कार्यकाल कांग्रेसको नेतृत्व गरिसकेका देउवाका लागि विधानले फेरि पार्टी सभापति बन्न रोक्दा उनी भने आफ्ना विश्वास पात्र एवं निकटलाई पार्टी नेतृत्व सुम्पने दाउमा देखिन्छन् । कोइराला परिवारको एकछत्र नेतृत्वबाट देउवासम्म आइपुगेको कांग्रेस थप कमजोर बन्ने हो कि ? भन्ने चिन्ता नेता कार्यकर्तामा छाउन थालेको छ । तर संस्थापन र इतर पक्षबीच बढ्दो दूरीले कांग्रेसमा गुटगत राजनीति झनै झांगिँदै गएको छ ।

जसले गर्दा दोहोरो झगडाको चपेटामा सिंगो पार्टी पिल्सिएको छ भने कांग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा हुन्छ वा हुँदैन भन्ने अन्योलता छाएको छ । अहिले फेरि कोइराला परिवार पार्टी नेतृत्वमा आफ्नो विरासत फर्काउने रणनीतिका साथ एकजुट हुन थालेका छन् । इतर पक्षले समयमै महाधिवेशन गराउन संस्थापन पक्षलाई दबाबदिन थालेको छ । जतिसक्दो दबाब सिर्जना गर्दै महाधिवेशन गर्ने र आफू नेतृत्वमा आउने तीव्र चाहनाका साथ इतर पक्ष सक्रिय रुपमा लागि रहेको छ ।

तर सभापति देउवा भनेआफ्नो गुट रशक्ति बलियो बनाउन लागिपरेका छन् । उनी सकेसम्म महाधिवेशनलाई पछि धकेल्न चाहन्छन् ।विधानले दिएको प्रावधान अनुसार १ वर्ष समय थप गर्दै निर्वाचन आयोगसँग ६ महिना समय माग्ने र असार १७ मा एमालेसँग भएको सहमति बमोजिम २०८३ मा प्रधानमन्त्री बनेपछि मात्र महाधिवेशन गराउने रणनीतिमा देउवा देखिन्छन् ।आफूसत्ता र शक्तिमा पुगेपछि आफू अनुकूलको व्यक्तिलाई पार्टी सुम्पिने देउवाले मन्साय बनाए पनि संस्थापन पक्षका नेताहरु भने समयमै महाधिवेशन हुनेमा ढुक्क देखिन्छन् ।

गत फागुनमा भएको महासमिति बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका सांगठनिक र समसामयिक प्रस्तावमाचुनावी गठबन्धन, महाधिवेशन र नेताको बहिर्गमनका मुद्दालाईपार्टीको नीतिगत धारणामा पेशगर्न प्रस्ताव गरेका थिए ।बैठकमा महामन्त्री थापाले कुनै पनि तहका आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्नुपर्ने र १५ औं महाधिवेशन विधानमा भएको व्यवस्थाबमोजिम २०८२ को मंसिरमै हुनुपर्ने प्रस्ताव गरेका थिए ।

अर्का महामन्त्री शर्माले प्रस्तुत गरेको समसामयिक दस्ताबेजमा राष्ट्रपतिदेखि सांसदसम्मको ‘एक्जिट पोलिसी’ को प्रस्ताव पेश गरेका थिए । जसमा राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार कार्यकालभन्दा बढी हुन नपाउने प्रस्ताव गरिएको छ ।महामन्त्री र इतरपक्षका नेताहरूले चुनावी गठबन्धनले पार्टीको वैचारिक धार कमजोर बनाउँदा संगठन कमजोर भएको र गठबन्धनका कारण हजारौं कांग्रेसका नेता तथा कार्यकर्ता अवसरबाट वञ्चित भएको तर्क गरेका छन् । तर यस विषयलाई भने संस्थापन पक्षले अस्विकार गर्दै आएको छ ।अहिले सत्ताको रसपानमा मौन जस्तो देखिएको कांग्रेस आन्तरिक र संगठनात्मक रुपले भने मजबुत बन्न नसकेको विश्लेषकहरु बताउँछन् ।

कांग्रेसको १५ औँ महाधिवेशन आउन १६ महिना अझै बाँकीछ । तर नेताहरु भने आन्तरिक रुपमा शक्ति बटुल्न दौडधुपमा लागिसकेका छनु ।१५ औँ महाधिवेशनमा सभापतिको दाबेदारका रुपमा हेरिएका नेता शेखर कोइरालाले काठमाडौं र विराटनगरमा नियमित भेटघाट गरिरहेका छन् ।साउन १० मा सकिएको केन्द्रीय कार्यसमिति बैठककै आसपास पारेर कोइराला पक्षका नेताहरूले बत्तीसपुतलीस्थित एक होटलमा अलग्गै भेटघाट कार्यक्रम आयोजना गरेका थिए ।

त्यही मौकामा पूर्वमहामन्त्री शशांक कोइरालाले पनि चियापान कार्यक्रम आयोजना गरे । लैनचौरमा आयोजित चियापानमा सभापति देउवासहित नेताहरू पुगे ।पार्टीमा अर्का स्वभाविक दाबेदारकारुपमा आफूलाई उभ्याइरहेका महामन्त्री गगन थापाले पनि आफ्नो गतिविधि बढाएका छन् । उनले पार्टीको महामन्त्रीका रुपमा मात्रै नभई पार्टी नेता तथा भावी महाधिवेशनमा सम्भावित उम्मेदवारीका विषयमासमेत पार्टीभित्र निरन्तर छलफल र अन्तरक्रिया गरिरहेका छन् ।विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि महाधिवेशनलक्षित गतिविधि गर्न छाडेका छैनन् । दोस्रो र तेस्रो पुस्ताका नेताहरू समेत महाधिवेशनलाई केन्द्र बनाएर गतिविधि गरिरहेका छन् । जसकारण कांग्रेसमा महाधिवेशन आउन अझै समय भए पनि महाधिवेशनलक्षित माहोल तातिँदै गएको छ ।

विधानअनुसार कांग्रेसको महाधिवेशन चार–चार वर्षमा हुनुपर्छ । १४ औँ महाधिवेशन ०७८ को मंसिरमा भएको थियो । जसअनुसार विधानले तोकेबमोजिम महाधिवेशन हुने हो भने ०८२ को मंसिरमा महाधिवेशन भइसक्नुपर्छ । तर कांग्रेसमा अहिलेसम्म विधानको त्यो व्यवस्था पालना हुन सकेको छैन । चार वर्षमा हुनुपर्ने महाधिवेशनलाई कांग्रेसले धकेलेर ६ वर्षसम्म पु¥याएको विगतका दृष्टान्तहरु छन् ।जसले गर्दा आगामी महाधिवेशन समयमै हुनेमा शंका गर्ने प्रशस्त ठाउँ देखिन्छ भने संस्थापन इतर पक्ष समयमै महाधिवेशन होस् भन्ने हतारोमा छ ।