Breaking

चलाख प्रचण्ड, विप्लवको इन्ट्रीले माओवादीको संकट ट¥यो, माधव–उपेन्द्रको एकता


काठमाडौँ – आफ्नै नेताको घेराबन्दीमा परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बलियो कम्युनिस्ट शक्ति बनाउने बाटोमा छन् । फलतः माधव नेपालदेखि नेत्रविक्रम चन्द ‘विप्लव’सम्म फकाउन लागि परेका उनी यही अस्त्रले पार्टीभित्रको सकस व्यवस्थापनको समेत आशमा देखिन्छन् । आखिर उनको यो अपेक्षा पूरा होला त ?

पार्टीभित्रबाटै दबाबमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेलाई टक्कर दिने खालको शक्ति निर्माणको रणनीतिमा छन् । त्यसका लागि समाजवादी मोर्चालाई बलियो बनाउनेदेखि साना दलको नेता फकाउन लागि परेका उनी पार्टी प्रवेश गर्नेलाई स्वागत गर्न व्यस्त देखिन्छन् । यसैका लागि उनीअहिले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव,माधवकुमार नेपाल र वामदेव गौतमसम्म फकाउन थालेका छन् । सँगै डा.भीम रावलसम्म अटाउने गरि प्लेटफर्म बनाउन जुटेका उनी विप्लवलाई त महासचिवकै रुपमा भित्र्याउने तयारीमा छन् । यसले पार्टी बन्नेमात्र नभएर जनार्दन शर्मा र वर्षमान पुनले आफूमाथि बढाइरहेको दवावसमेत कम गर्ने उनको आशा देखिन्छ ।

जहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवसँग त उनले पार्टी एकताको गोप्य प्रस्ताव नै गरिसकेका छन् । त्यस क्रममा प्रचण्डले कांग्रेस–एमालेको गठबन्धन धेरै नटिक्ने भन्दै परिस्थिति बदलिन सक्ने भएकाले सोही अनुसार अघि बढ्न जोडबल गरेका छन् ।कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले यसअघि पनि चुनाव हारेको अवस्थामासमेत आफ्नै पहलमा जिताएर प्रधानमन्त्री बनाएको विगत नेपाललाई स्मरण गराएका छन् ।

जसमा माधव नेपाल केही हच्किए पनि प्रचण्डले उनलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता नै जनाएको खबर बाहिरिएको छ । तर त्यसका लागि नेकपा एकीकृत समाजवादी पार्टीमा फरक देखिने प्रेम आले, रामकुमारी झाक्री जस्ता नेताहरुले विद्रोह गर्ने डरलाई समेत सम्बोधन गनुपर्ने बाध्यता छ । माधवले पार्टी मिसाउने अवस्था आए उनीसँग फरक मत राख्नेहरुले एमाले रोज्ने सम्भावना देखिन्छ भने त्यो भन्दा अघि नै पार्टी मिसाउनुपर्ने बाध्यतामा तालमेलसमेत देखिएको छैन ।

हुन पनि माओवादी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेसपाको महेन्द्र यादव समूहको समाजवादी मोर्चा कायमै छ । त्यसैको माध्यममार्फत आबद्ध दलहरूले सरकारमाथि दबाब बढाउँदै लैजाने र पार्टी एकता गर्नेसम्मको उनीहरुको तयारी अस्वभाविकसमेत देखिँदैन । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्यपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर भए पनि पार्टी फुटाइदेलान् भन्ने डर माधव नेपालको छ ।

यस्तै केही दिन अघिमात्र अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा पार्टीभित्र असन्तुष्टि र गुटहरू रहेको स्वीकार्दै चाँडै माओवादीबाट छुट्टिएकाहरू माओवादीमै फर्केको खबर सुन्न पाउने आश्वासन कार्यकर्ताहरूलाई दिएका थिए ।यही बीचमा उनी साना दललाई एमाले कांग्रेसले बन्देज लगाउन खोजेको भाष्यलाई समेत भजाइरहेका छन् । यता पार्टी जोगाउन हम्मेहम्मे परिरहरको उपेन्द्र यादवलाई पनि यो अवसर नै बन्न सक्ने अवस्था छ । यद्यपि उनको व्यवस्थापन निकै सकस रहेको पनि चर्चा भइरहेको बेला वामदेव गौतम र भीम रावललाई पनि समेट्ने पृष्ठभूमि तयार पार्नु कम चुनौतीपूर्ण भने देखिँदैन ।

राजनीतिक अवस्था हेर्दासमेत दुई ठूला दल सत्तामा पुगेका छन् । उनीहरुको पहिलो सर्त नै चुनावी गठबन्धन हुन नहुने बन्दा दुई दलीय राजनीतिलाई एजेण्डा नै बनाएका छन् । जसले एक्लाएक्लै चुनाव लड्ने हालतमा नरहेको साना दलहरु धुव्रीकृत हुनुको विकल्पसमेत छैन । फलतः वर्तमान गठबन्धन जति बलियो बन्छ उति विपक्षमा रहेका साना दल एक हुने वातावरण तयार हुँदै जानेमा दुईमत छैन । तर उनीहरुको एकतासमेत एमाले वा कांग्रेसको शक्तिविरुद्ध लड्ने अवस्था नबन्ने पक्का छ । यसले साना दलकानेतृत्व एक भएपनि कार्यकता भने कांग्रेस एमालेतिरै जाने क्रम नबढ्लान् भन्न सकिँदैन ।