Breaking

खोटाङमा बिद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरेर मृत्यु


काठमाडौँ – पहिरोले पुरिदा खोटाङमा एक शिक्षिकाको मृत्यु भएको छ। रावाबेसीं गाउँपालिका–३ लामिडाँडाकी ५७ वर्षीया सावित्रादेवि नेवारको पहिरोले पुरेर मृत्यु भएको छ हो।

बिहीबार बिहान १० बजे विद्यालयतर्फ जाँदै गरेकी नेवारलाई करीव ५० मिटरमाथिको सडकबाट झरेको पहिरोले पुर्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जनाएको छ ।

नेवारको शवलाई स्थानीय र प्रहरीले निकालेर ट्याक्टरमा हालेर पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याईदै गरेको प्रहरीले जनाएको छ ।मृतक नेवार विश्वज्योति माविमा कार्यरत शिक्षिका हुन् ।