राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष प्रचण्डले आज जवाफ दिने


काठमाडौँ— नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् । त्यसका लागि आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल हुँदै आएको छ । कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वमा उनको विकल्पसमेत खोजेका छन् ।

उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए । त्यसका लागि हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने शर्माको प्रस्ताव छ ।