Breaking

पाँच लाख सदस्य पुर्‍याउन जसपा नेपालले चलाउँदै छ तीन महिने अभियान


काठमाडौँ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, नेपालले तीन महिने अभियान सुरू गर्न लागेको छ।

ललितपुरको साना गाउँमा चार दिनदेखि जारी केन्द्रीय समितिले तीन महिने अभियानबारे निर्णय गर्ने केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए। आइतबारदेखि सुरू भएको बैठक आज ९बुधबार० सकिँदैछ। जसपाले सुरू गर्न लागेको अभियान भदौबाट सुरू भएर अभियान मंसिरको मसान्तमा सकिनेछ।

‘जसपाले आधारभूत तहमा संगठन निर्माण अभियान चलाउन लागेको हो। गाँउ–गाँउ जसपा, नेपाल, घर घर जसपा, नेपाल१ अभियानको मूल लक्ष्य हो,’ बस्नेतले भने। अभियान अवधिभरिमा पार्टीका आधारभूत तहका कमिटी गठन, पुनर्गठन गरिने, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, जनसभा, लगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्ने उनले बताए। अभियानको माध्यमबाट पार्टीको सदस्य संख्या पाँच लाख पुर्‍याउने लक्ष्य रहेको बस्नेतले बताए।

अभियानको माध्यमबाट सबै स्थानीय तह अन्तर्गतका टोल, बुथ, वडा, गाँउरनगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्र स्तरसम्म संगठनको सञ्जाल विस्तार गर्ने लक्ष्य जसपा, नेपालको छ। पार्टी नेता तथा कार्यकर्ताको सैद्धान्तिक, वैचारिक र राजनीतिक क्षमताको अभिवृद्धि गर्ने, वैचारिक रुपले वैकल्पिक र सांगठनिक रूपले बलियो पार्टी बनाउने कार्ययोजनामा उल्लेख छ।

अभियन्ताहरुले जनसरोकारका विषय र जनसमुदायले दिएका उचित सुझावहरु संकलन गर्ने, पार्टी, नेता, कार्यकर्ता र जनताबीचको सम्बन्धलाई मैत्रिपूर्ण एवम् सुमधुर बनाउने, पार्टी सदस्यहरूको तथ्यांक संकलन गर्ने साथै उनीहरूको टोल, वडा, पालिका तथा निर्वाचन क्षेत्रको अवस्था बारे यथार्थ र वस्तुनिष्ठ जानकारी प्राप्त गर्ने, पार्टीमा उत्पन्न हुन सक्ने या भएका अन्तरविरोधको पहिचान गरी भएका समस्याहरुको समाधानमा ठोस पहलकदमी लिने, आम जनताबीच पार्टीको विचार, सिद्धान्तलाई लोकप्रिय बनाउन भूमिका निर्वाह गर्ने, अभियन्ताहरूले तोकिएको क्षेत्रमा ठोस रूपले पार्टीको मुद्दा, विचार र सिद्धान्तलाई बहसको बिषय बनाउने लगायत लक्ष्य अभियानको रहेको छ।

त्यस्तै, पार्टीमा समिति प्रणालीको अभ्यास गराउँदै टोलरबुथ समितिदेखि नै पार्टी अनुशासन, विधि आदिको ज्ञान सञ्चार गराउने, पार्टी सरकारमा रहँदा वा नेतृत्वमा रहँदा सरकारले गरेका राम्रा कामहरुको प्रचार–प्रसार गर्ने, नराम्रो काम भए वा गरेको भए त्यसको जानकारी पार्टीलाई गराउने लक्ष्य राखिएको बस्नेतले बताए। पार्टीबाट अल्लग्गिएर गएकाहरूले छर्न सक्ने भ्रमलाई चीर्ने लक्ष्य रहेको पनि उनले बता। अभिानका लागि यो पार्टीले सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने बस्नेतले बताए।

बागमती प्रदेशमा भदौ ८ गते, मधेस प्रदेशमा भदौ १५ र १७ गते, कोशी प्रदेशमा भदौ १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालने हुनेछ।

लुम्बिनी प्रदेशमा भदौ १९, २१ गते, गण्डकी प्रदेशमा भदौ २१ गते र सुदूरपश्चिम प्रदेशमा भदौ २३ गते अभिमुखीकरण हुनेछ। लुम्बिनीमा २१ गते हुने अभिमुखीकरणमा कर्णाली प्रदेशकालाई पनि सहभागी गराइनेछ।

अभिमुखीकरणमा सम्बन्धित जिल्ला र स्थानका केन्द्रीय कार्यकारिणी सदस्यहरू, केन्द्रीय अभियन्ताहरू, केन्द्रीय निकाय, विभागका प्रमुखरसदस्यहरू, संघीय सांसद, प्रदेश सभा सदस्य, प्रदेश समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, राष्ट्रिय समितिका पदाधिकारी सदस्यहरू, जिल्ला समितिका अध्यक्ष लगायतका पदाधिकारी सदस्यहरू, स्थानीय तहका निर्वाचित प्रतिनिधिहरू, विभिन्न पालिका, वडाका समितिका पदाधिकारी सदस्यहरूका सहभागी हुनेछन्। यसका अतिरिक्त जनसंगठनका पदाधिकारी सदस्यहरू पनि सहभागी हुने कार्यतालिका छ।

अभियानका लागि छुट्टै अभियन्ता तोकिने र यसको प्रस्ताव आजको केन्द्रीय समिति बैठकमा हुने जसपा, नेपालले जनाएको छ।