Breaking

आफ्नै काण्डले हैरान ओली, लाज छोपेर चित्रगुप्तसँग पनि झुट १ सुशासनमा शंकैशंका


काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद सम्हालेको एक महिना पुग्दैछ । स्थिरताका लागि भन्दै कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि प्रधानमन्त्री ओलीले दैनिकजसो ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्दै आएका छन् । विगतमा आफु मुछिएका काण्डको स्पष्टीकरण दिँदै चोख्याउने प्रयास पनि गरेका छन् । आखिर किन रु

नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा छन् । संसदको सबैभन्दा ठूलो दल कांग्रेस सँगको सहकार्य ओलीका लागि अवसर र चुनौती दुबै हो । बदलिएको राजनीतिक समीकरणबाट प्रधानमन्त्री ओलीलाई अघिल्ला कार्यकालको समीक्षा गर्दै कमजोरी सुधार्ने अवसर छ ।

सरकारमा बसेर केही गर्छु भन्ने हुटहुटी देखाइरहने ओलीमाथि प्रश्नहरूको थुप्रो छन् । विगतमा फाइल खुलेका र खुल्न बाँकी विभिन्न काण्ड अब के हुन्छ भन्ने प्रश्न पनि छ । तर, ओली विगतमा आफु मुछिएका काण्डको स्पष्टीकरण दिँदै चोख्याउने प्रयासमा देखिन्छन ।

नेताहरूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नारा प्रायः लगाइरहन्छन । दलहरूको चुनावी घोषणपत्रमा भ्रष्टाचार अन्त्य गर्ने प्रतिवद्धताले महत्व पाउदै आएको छ । तर, सत्तामा पुगेपछि विगतका प्रतिवद्धता भुल्ने गरेका छन् । प्रधानमन्त्री ओलीले बोलीलाई व्यवहारमा उतार्ने हो भने सिंगो देश र जनताले राहत महसुस गर्ने थिए ।

सुशासन, विकास र समृद्धि जनताले भाषणमा मात्रै होइन, व्यवहारमा खोजेका छन् । अघिल्लो पटक दुई तिहाई एकल बहुमतको सरकार हुँदा पनि ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेका थिए । जनताले पनि ओलीको नेतृत्वमा नेकपाको एकल बहुमतको सरकारले केही गर्ने आशा र अपेक्षा गरेका थिए । तर, त्यतिबेला साढे तीन वर्ष सरकार चलाएका ओलीले जनतामा आशा जगाउन सकेनन् ।

बरु, अनेकौं विवादास्पद निर्णय र अनियमितताका प्रकरणबाट ओली सरकार आलोचित बन्न पुग्यो । झापाको गिरिबन्धु टि स्टेट, यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत प्रकरणले ओलीलाई घेरिरह्यो । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेर दोहो¥याइरहने ओली अनियमितता प्रकरणमा मुछिएकाहरूलाई कारबाही गर्न उदासीन देखिए । देश र जनताको कुरा गरे पनि कमाउनकै लागि सत्तामा पुग्ने गरेको आरोपबाट ओली अहिले पनि मुक्त छैनन् ।

आफ्नालाई संरक्षण गर्ने र विरोधीलाई तर्साउने हतियारको रुपमा सत्ता प्रयोग हुँदै आएको छ । भ्रष्टाचार र अनियमितताका घटना ढाकछोप गर्न सत्ताको दुरुपयोग भएका घटना पनि प्रसस्तै छन् । आग्रह÷पूर्वाग्रहमा चल्ने सरकारले राम्रो परिणाम दिन सक्दैन । त्यसैले प्रधानमन्त्री÷मन्त्रीले जति नै स्पष्टीकरण दिए पनि आम जनता पत्याउने अवस्थामा छैनन् ।

प्रधानमन्त्रीले आफुले आफैलाई चोख्याउदै हिडेर सुसाशनको प्रत्याभुती दिन सक्दैनन् । भ्रष्टाचारमा संलग्न जो सुकैलाई कारबाहीको दायरामा ल्याएर मात्रै आम जनतालाई सुशासनको अनुभूति दिन सकिन्छ । सुधारका थोरै काम गर्दा पनि जनताको साथ दिएको थुप्रै उदाहरण छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्ने बाटोमा ओली अघि बढ्छन कि सीमित घेरामा फसेर आत्मरतिमा रमाउदै अवसर खेर फाल्छन रु त्यो भने हेर्न केही समय पर्खनै पर्छ ।