Breaking

भुटानी शरणार्थी, सहकारी प्रकरण र गिरीबन्धु प्रकरणबारे कति अनुसन्धान भइरहेको छ ? : गगन थापा


काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ त्यसबारे जानकारी गराउनुपर्ने बताए ।

“अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन । यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,” थापाले भने ।

गिरीबन्धु टि स्टेटका विषयमा अदालतले दिएको ०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए । सरकारले जे गर्नुपर्ने हो त्यो गर्नुपर्ने उनको भनाइ छ । अदालतको आदेशअनुसार सरकारले गर्नुपर्ने उनको भनाइ छ ।

“सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्‍यो,” थापाले भने ।