Breaking

प्रचण्डलाई पद जोगाउन मुस्किल, जनार्दन र वर्षमान एक


नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न दबाब बढेको छ । ९ वर्षपछि प्रतिपक्षी कित्तामा पुगेसँगै झस्किएको माओवादीले पार्टी पुनःनिर्माणबारे गरिरहेकोबहसकाबीच अध्यक्षमाथिको दबाब अर्थपूर्ण देखिन्छ । जसले प्रचण्ड चौतर्फी घेराबन्दीमा पर्दा के उनले नेतृत्व छाड््लान् त ? के छ उनीसँग विकल्प ?एक रिपोर्ट

जारी स्थायी समिति बैठकमा नेतृत्वमाथिको प्रश्न चर्को बनेपछि नेकपा माओवादी केन्द्रमा हलचल आएको छ । यसले प्रहारको केन्द्रमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घेराबन्दीमा पर्दा उनीविरुद्ध आगो ओकल्ने बलिया देखिएका छन् । मूल नेतृत्वले पार्टी विधि र प्रणाली मिच्दा पार्टीमा समस्या आएको भन्दै आक्रोशित सुनिएका उनीहरुले सही विधि, प्रणाली बनाउन जोड दिएका छन् ।जसको अग्रपङक्तीमा उपमहासचिव जनार्दन शर्मा देखिँदा उनले त नेतृत्व हस्तान्तरणको विकल्प लिखित रुपमै सुझाएका हुन् ।

उनका अनुसार प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनकोभूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने विषय हस्तान्तरणको विकल्प अन्तर्गत छ ।

त्यस्तै प्रचण्ड संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने तथा हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प अर्थात नेतृत्व पुस्तान्तरणको विकल्पसमेत छ ।

हालको केन्द्रीय समिति भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने तेश्रो विकल्प शर्माले दिएका छन् । जुन विकल्पकै समान हुनेगरि यसअघि नै हरिबोल गजुरेलले प्रस्ताव अघि सारेको उदाहरणकाबीच अर्का उपमहासचिव वर्षमान पुनसमेत यहि बाटोमा छन् । जसले प्रचण्ड चौतर्फी घेराबन्दीमा पर्दा ओनसरी घर्ती लगायतका नेताहरुले पार्टीमाथि तस्करीको ट्याग लगाउन अध्यक्षले नै सहयोग गरेको आशय व्यक्त गरेका छन् । यसले माओवादीमा प्रचण्ड भर्सेस अन्य नेताकै अवस्थामा बन्दा उनैले भिडाएका दुई उपमहासचिव नै एक ठाँउमा उभिने अवस्था बनेको छ ।

यसरी हेर्दा प्रचण्डले आफ्नो ३६ बर्षे नेतृत्व छोड्नुको विकल्प नभएकै रुपमा यसलाई विश्लेषण गरिएको छ । तर विगतलाई हेर्दा धोबीघाटमा प्रचण्डलाई घेराबन्दी गर्दा मोहन वैद्यविरुद्ध बाबुराम भट्टराई प्रयोग भएभनेवैद्यले पार्टी नै छोडे । त्यस्तै जनयुद्धकालीन संरचनाले अब माओवादी नचल्ने बताएका डा.बाबुराम भट्टराईले समेत नयाँ शक्ति बनाउनु पर्यो । नेतृत्वकै लडाईका कारण तत्कालीन नेकपा फुट्यो भने ओली प्रचण्ड आफ्नै बाटो लाग्ने अवस्था बन्यो । यसले प्रचण्डलाई त घाटा भएन बरु एमाले टुक्राए । अर्थात मुद्दा र आकारमा संकटमा रहे पनि प्रचण्ड फाइदामै छन् । यही कारण ३६ बर्षदेखि उनी निरन्तर नेतृत्वमा रहँदा उनीसँग भिड्न खोज्नेहरु नै साइडलाग्नु परेको छ ।

अहिले चर्किएको दबाबमासमेत उनी बाहिर सोचेजस्तो प्रभावित हुने अवस्थामा भने देखिँदैनन् । त्यसका लागि यसअघि शर्मा र पुनलाई महासचिवमा भिडाएर देव गुरुङलाई अघि सारेका उनका लागिएक अस्त्रबाँकी नै छ । जहाँ अहिले वर्षमान पुन नरम सुनिँदा केहिसमयअघिसम्म प्रचण्डको नेतृत्वमाथि प्रश्न गर्ने नारायणकाजी श्रेष्ठसमेत चुप छन् । जसले केवल जनार्दन मात्र आक्रोशित पात्रका रुपमा देखिँदा फेरि वर्षमान बोकेर विरोधी आवाज सानो बनाउन सक्ने फाइदामै प्रचण्ड छन् । यसले प्रचण्डलाई सोचेजस्तो साइजमा ल्याउने अन्य नेताहरुको सपना पूरा हुने सम्भावना कमदेखिन्छ । तर अरुलाई भिडाएर शक्ति आर्जन गर्ने विगतको जस्तो सहज फाइदामा भने प्रचण्डपनि छैनन् ।

हुन त केहि दिनमै मावधकुमार नेपाल, भीम रावल, नेत्रविक्रम चन्द विप्लव रवामदेव गौतम एक ठाँउमा उभिने चर्चासमेत छ । जसले माओवादी हाराहारीको शक्ति निर्माण हुने र त्यसपछि बाँकी प्रक्रिया अघि बढ्ने टिप्पणी भइरहेको छ । यसपछि पार्टी एकीकरण भएमात्रै यो बहस प्रचण्ड माधवतर्फ अघि बढ्ने सम्भावना बढी छ ।यसले विशेष महाधिवेशन यसै टर्ने छ भने पार्टी चलाउन गाह्रो परिरहेकाहरुको उद्धारसमेत हुनेछ । फलतः प्रचण्डले यसलाई अर्को अस्त्र बनाउनेसक्ने चर्चाकाबीच कठिन अवस्थामा खेल्ने प्रचण्ड प्रवृत्ति यो पटक कति सफल रहन्छ, आगामी दिनहरुले निर्धारण गर्ने छ ।