Breaking

देउवाको प्रधानमन्त्री खोस्ने गगन–विश्व, आरजु बचाउमा उत्रिन्


कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नै लागेको आरोप लागेको छ । आफ्नै पार्टीका अभिभावक प्रधानमन्त्री बत्रे रेसमा हुँदा साच्चिनै महामन्त्रीहरू त्यसको तगारो बनेका हुन् त ?

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा तीनवटा समीकरण फेरिसक्दा पनि प्रधानमन्त्री बत्र सकेका छैनन् । सत्ताको खेलमा तीन समीकरणमा दोस्रो र तेस्रो दलका नेताले प्रधानमन्त्री खाइरहँदा देशकै ठूलो दलका नेता बनेका देउवाको हात भने खाली नै छ । देउवाले प्रधानमन्त्रीको कुर्सीसम्मको बाटो तय गर्दैगर्दा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नै तगारो बन्न लागेको विश्लेषण सुरु भएको छ । कांग्रेस र माओवादीकै समीकरणले स्थायित्व पाइरहेको भए प्रधानमन्त्रीको कुर्सी देउवाको मुखैमा थियो ।

तर, देउवाले प्रधानमन्त्री खाने डरमा रहेका महामन्त्रीहरू नै निरन्तर प्रतिपक्षमा उभिएपछि देउवा–प्रचण्डको सुमधुर सम्बन्धमा दरार पैदा गरेको कांग्रेसका नेताहरूकै भनाइ छ । अहिले पनि महामन्त्रीहरूले त्यही हत्कण्डा अपनाएर देउवा–ओलीको सम्बन्धमा फाटो ल्याउन खोजेको देउवा पक्षको आरोप छ ।

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले पार्टीको केन्द्रीय बैठकमा गिरीबन्धु टी–इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको विषय उठाएर सभापतिलाई प्रधानमन्त्री बत्रबाट रोक्न खोजेको भन्दै बिहीबारको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेतले आरोप लगाएका थिए । बस्नेतले लगाएको आरोपलाई बल पुग्ने गरि नै महामन्त्री विश्वप्रकाशले पनि गठबन्धन टुट्ने डरमा विमति उठाउन नछोड्ने भन्दै क्याउन्टर दिएका छन् । कमरेड केपी शर्मा ओलीलाई अफ्ठ्यारो पर्ला भनेर कांग्रेस मौन बस्न नसक्ने भन्दै उनी प्रतिपक्षीकै कित्तामा उभिएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री भइरहेका भए सभापति देउवा नै प्रधानमन्त्री हुने पक्का थियो । तर, समीकरण बदलिएपछि फेरि देउवाको प्रधानमन्त्री बन्ने सपना पनि दुई वर्षका लागि लम्बिएको छ । त्यसबीचमा पनि सके सरकारकै विरोधमा बोलेर ओली–देउवाको सम्बन्धमा तिक्तता ल्याउन प्रयास गर्ने, नसके विधान नै सच्याएर भए पनि देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने गरि विश्वप्रकाशले बैठकमा प्रतिवेदन पेश गरेका छन् ।

महामन्त्री शर्माले आफ्नो प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख गर्दै दुई पटकभन्दा बढी प्रधानमन्त्री बत्र नपाउने प्रस्ताव गर्नुले पनि महामन्त्रीको चाल छर्लङ्ग हुन्छ । जसमा देउवा पत्नी आरजु राणाले पार्टी सभापतिलाई प्रधानमन्त्री बत्र रोक्ने गरी संविधानविपरीत प्रस्ताव ल्याइएको भन्दै विरोध जनाउँदा पार्टी प्रवक्ता प्रकाशरण महतले पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नमिल्ने प्रस्ताव देउवालाई प्रधानमन्त्री हुन नदिने रणनीतिका साथ ल्याइएको ठोकुवा गरे ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र तानाशाही शासन नचल्ने हुँदा जो कोही खुलेर आफ्ना नेताका पक्षमा उभिने सक्ने इतर पक्षको तर्क छ । कांग्रेसमा देखिएको स्पष्ट दुई धारबीच संसदीय दलका सांसदहरूले आफ्ना अनुकूलका नेता प्रधानमन्त्री हुनुपर्छ भत्रे लाग्नु लोकतान्त्रिक पद्धति भएको र महामन्त्रीहरूले देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोज्नुलाई अन्यथा लिन नपर्ने शेखर–गगन समूहका नेता बताउँछन् ।

सभापति देउवासँग महामन्त्रीद्वय गगन र विश्वप्रकाशको सम्बन्ध १४ औं महाधिवेशनबाट नै बिग्रिएको थियो । जसमा गगन शेखरको प्यानलबाट लड्दा विश्वप्रकाश अन्तिममा आएर प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।

त्यसपछि पनि सभापति र महामन्त्रीहरूको टकराव रोकिएन । संसदीय दलको नेतामा देउवालाई चुनौती दिँदै गगन चुनावमा लडे । चुनाव हारेपछि पनि सभापतिको प्रत्येक कदममा गगनको असन्तुष्टि रहँदै आएको छ । देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने गरि महामन्त्रीले ल्याएको प्रस्तावले पार्टीभित्र ठूलै खैलाबैला मच्चिँदा त्यसको नोक्सान पार्टीले नै भोग्नु पर्ने कांग्रेसलाई नजिकबाट बुझ्नेहरुको तर्क छ । कांग्रेसमा विद्यावारिधि गरेका प्रा.डा नरेन्द्रमानसिंह कार्की पार्टीभित्र देखिएको द्वन्द्वलाई छोडेर अघि बढ्नु पर्ने बताउँछन् ।

गगन–विश्वकै कारण देउवा प्रधानमन्त्री बत्रबाट बञ्चित भइरहेको पार्टीभित्र घटेका राजनीतिक घटनाक्रमले दर्शाएकै छ । सभापति देउवाको प्रत्येक कदममा काँडा बनेर महामन्त्रीहरू नै उभिरहेका छन् । अब पनि ओलीलाई चिढ्याएर र प्रस्तावको भरमा देउवाको प्रधानमन्त्री बत्रे सपनामा पानी खन्याउने गृहकार्यमा उनीहरु जुटेको देउवा पक्षका नेताहरू बताइरहेका छन् । कांग्रेसभित्र देखिएको महामन्त्री र सभापतिको द्वन्द्वको नोक्सान अन्तत्वगत्वा पार्टीले नै व्यहोर्नु पर्ने निश्चित छ । घर भित्रको झगडाको फाइदा छिमेकीले लिएजस्तै कांग्रेसको द्वन्द्वले एमालेलाई भने फाइदा पुग्नेमा कुनै शंका छैन ।।
०००