Breaking

रास्वपा संसदीय दलको बैठक भोली बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मंगलबार विहान १०ः३० बजे गरी बैठक बोलाइएको छ ।

बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

जसमा समसामयिक राजनीतिक घटनाक्रम,प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकका सम्बन्धमा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध विषय छलफलका एजेन्डा छन् ।