Breaking

ओलीको नाडी छाम्दै मोदीका सचिव, एजेण्डा लुकाएरै बालवाटार र शीतलनिवासको चक्कर


काठमाडौँ – भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि काठमाडौंमा छन् । आज बिहान काठमाडौं आइपुगेकामिश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् ।नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतबाट भएको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । नयाँ सरकार बनेसंगै दुई देशबीच बढ्दो दूरीलाई लिएर यो भ्रमणलाई विशेष चासोकासाथ हेरिएको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाली नेताहरुलाई गुलियो चखाउन आएका हुन् कि आफू चाख्न ? उनको नेपाल भ्रमणसँगै योचासोको विषय बनेको छ । नकुनै विशेष कार्यक्रम न त कुनै विशेष सन्दर्भ। तर पनिमिश्रीको दुई दिने नेपाल भ्रमणलाई रहस्यमय ढंगले हेरिएको छ । त्यसो त सत्ता समीकरण फेरिएर केपी शर्मा ओली प्रधानमन्त्री बनेको करिब १ महिनापछि भारतका तर्पबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रचण्ड सरकार ढलेकोमा भारत खुसी हुन सकेको थिएन । जसका कारणनवनियुक्त प्रधानमन्त्रीओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दूरी बढेको अर्थमा हेरिएको थियो।सोही तिक्तताका बाबजुद प्रधानमन्त्री ओलीले आफ्नोपहिलो भ्रमण अमेरिकाबाट सुरु गर्ने चर्चाका बीच भारतीय विदेश सचिवको भ्रमण भएको रुपमा विश्लेषण गर्नेहरु पनि छन् ।

ओलीले अमेरिकाबाट विदेश भ्रमण सुरु गर्न लागेको चर्चा चल्दै गर्दा भारतीय प्रधानमन्त्री मोदीलेगुलियो चखाएर ओलीलाई फकाउन वा अरु नै उद्देश्यले दूतका रुपमा मिश्रीलाई नेपाल भ्रमणमा पठाएको हुन सक्ने अनुमान गरिएको छ । आइतबार काठमाडौं आएका भारतीय विदेश सचिव मिश्रीलाई स्वागत गर्न नेपालका परराष्ट्र सचिव सेवा लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

भारतका लागि ३५ औं विदेश सचिव बनेका विक्रम मिश्रीको यो दोस्रो विदेश भ्रमण हो । नेपालभन्दा पहिला उनले भुटानको भ्रमण गरेका थिए । पछिल्लो राजनीतिक घटनाक्रमले नेपालमा सरकार परिवर्तन हुँदा नेपाल र भारतबीच बढेको दूरीलाई कम गराउन विदेश सचिव मिश्रीले अग्रसरता लिएको रुपमा बुझिएको छ । यो भ्रमणलाई चौतर्फी चासो र अर्थपूर्ण रुपमा हेरिएकोछ । भ्रमणका क्रममा दुवै देशका विदेश सचिवहरूले आपसी चासोका विषयमा छलफल गर्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा द्विपक्षीय सहकार्यलाई अझ सशक्त बनाउने विषयमा विचार विमर्श गर्ने परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ ।

साथै भारतले हालै अघि सारेका विकास योजनाहरूमा नेपालको सहभागितालाई प्रोत्साहित गर्न विभिन्न योजनामा सहकार्य गर्ने विषयमा पनिछलफल हुनेछ ।यस भ्रमणका क्रममा भारतीय विदेश सचिवले नेपालका उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट तथा छलफल गरेका छन् । काठमाडौं आएलगत्तै आइतबार दिनभर उनी भेटघाटमा व्यस्त रहे ।

उनले आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरेका छन् । सिंहदबारमा प्रधानमन्त्री ओलीसँगको भेटमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मिश्रीको यो शिष्टाचार भ्रमणमात्र भएकाले कुनै पनि विशेष विषयहरु नतोकिएको परराष्ट्रमन्त्रालयको भनाइ छ । साथै नेपाल तथा भारतका कुनै पनि संयुक्त समितिहरुका बैठक नराखिएको मन्त्रालयले स्पष्ट पारेको छ । प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटपछि उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरे ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । यद्यपि, भारतीय विदेश सचिवको यो शिष्टाचार भेट मात्रै भनिएकाले दुई देशबीचका विविध विषयमा छलफल तथा सम्झौता हुने सम्भावना न्यून छ ।

यद्यपि, विज्ञहरुले भने नेपालले राख्नु पर्ने एजेन्डा तथा विषयमा कुनै कमजोरी नदेखाइ अगाडि बढ्नु पर्ने औँलयाएका छन् । यस भ्रमणबाट नेपाल भारतबीच भएका विभिन्न असमान सन्धीदेखि सीमाको विषय, ईपीजी र ट्रेड डीफीसीको विषयमा छलफल गरी निचोडमा पुग्नु आवश्यक रहेको पूर्वराजदूत राजेश्वर आचार्य बताउँछन् ।

नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले आइतबार भारत सरकारको सहयोगमा नरदेवीमा निर्माण भएको नेपाल भाषा परिषद्को भवनको उद्घाटन एवं अवलोकन गरे ।उनी साउन २८ गते सोमबार स्वदेश फर्किने कार्यक्रम छ।नेपालस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत भारतीय विदेश सचिवको यो भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिन महत्वपूर्ण रहेको बताएको छ । एजेन्डाविहीन अवस्थामा नेपाल आएका उनले यहाँको राजनीतिक घटनाक्रममा नयाँ सेटिङ गर्न सक्ने आकलन भइरहेको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनले देखाएको सक्रियता र राजनीतिक दलका नेताहरुसँगको भेटले समेत यसलाई बल पु¥याएको छ ।भारतले नेपालमा आफू निकट एवं विश्वास पात्रलाई सत्ता नेतृत्व चाँहदै आएको छ । जसले गर्दा ओलीमाथि उसको शंका दूर गर्न पनि यो भ्रमणले केही हदसम्म भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत निकट रहेकाले ओलीसँगको सम्बन्ध सुदृढीकरणमा उनको भूमिकालाई पनि विशेष रुपमा हेरिएको अवस्था छ । यो भ्रमणको उद्देश्य अहिले नै स्पष्ट हुन नसके पनि निकट भविष्यमा यसको प्रभाव पक्कै पनि नेपाली राजनीतिमा देखिने नै छ ।