काडमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई पुरस्कारका लागि सरकारलाई सिफारिस गरेको छ ।
राखेपको कार्यकारी समितिको शुक्रवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई टोली नगद पुरुस्कारका लागि सफारिस गर्ने निर्णय गरेको राखेपले जनाएको छ।
राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार टोलीका खेलाडीले जनही ३ लाख रुपयाँ पाउने छन् । यस्तै प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १लाख २० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ ।
बुधवार सम्पन्न काभामा नेपालले रजत पदक प्राप्त गरेको थियो। फाइनलमा नेपाल भारतसँग ३–२ ले पराजित भएको थियो।
काठमाडौं महानगरपालिकाले बिहीवार टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो।
प्रतिक्रिया