Breaking

प्रधानमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरुको छलफल


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गगरेकाछन् ।

सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिएकाहुन् ।

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उनले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कस्ले बनाउँछ भन्ने प्रश्न गरे । प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरु सञ्चालन भएकाले आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गरेकाहुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गरेका थिए ।