अन्तर्राष्ट्रिय

बंगलादेशमा पासा पल्टियो, हसिनाले राजीनामा नदिएको खुलासा, आमा लिएर फर्किदै छोरा सजिब (भिडियोसहित)


काठमाडौँ— बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन अझै मथ्थर भएको छैन् । प्रदर्शन चर्किएपछि शनिवार प्रधानन्याधीसले समेत राजीनामा दिएकाछन् । विद्यार्थीको भिडले सर्वोच्च अदालतनै घेराउ गरेर तोडफोड गर्न खोजेपछि प्रधान्यायधीस राजीनामा दिन बाध्य भए ।

बंगलादेश घट्नाः शनिवारको केही घण्टा–

बंगलादेश घट्नाको बरबर्ताले विश्वलाई आतंकित पारीरहेको बेला आन्दोलन अझै मथ्थर भएको छैन । अन्तरिम सरकार गठन भईसक्दा पनि प्रदर्शन रोकिएको छैन । हिन्दुमाथिको आक्रमण जारी रहेका बेला २४ घण्टामा थप उलटफेर भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ज्यान बचाउन बंगलादेश छोडेर भागेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएको खुलेको छ । यसले फेरि आन्दोनलको आधी चलिरहेको बंगलादेश घट्नामा नयाँ ट्वीष्ट ल्याएको छ।
हसिनाका छोरा सजिब वाजेदले आफ्नी आमाले राजीनामा नदिएको र छिट्टै आमासंग बंगलादेशको राजनीतिमा फर्किने उद्घोष गरेकाछन् ।उनले प्रजातन्त्र पुनस्थापना लागि बीएनपी पार्टीसँग सहकार्य गरेर आफु काम गर्न इच्छुक रहेको बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । गत हप्ता बंगलादेशमा सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएपछि ज्यान जोगाउन हसिना भारत भागेकी थिइन् । उनका छोरा वाजेदलेप्रदर्शनले उग्ररूप लिएपछि आमाले राजीनामा दिने योजना बनाएको तर प्रदर्शनकारीहरुको भिड हुलदंगा गर्दै गणभवनमा छिरेपछि राजीनामा नदिदै निस्किएको दाबी गरेकाछन् ।

संविधान अनुसार हसीना अझै बंगलादेशको प्रधानमन्त्री नै रहेको वादेजको जिकीर छ ।
यतिमात्र होइन उनले आफु अदालतको कठघरामा उभिन थुपै प्रमाण रहेको बताएका छन् । उनले राष्ट्रपतिले सेना प्रमुख र विपक्षी दलहरूसँगको परामर्शमा गरेको संसद् विघटन र प्रधानमन्त्रीले औपचारिकरूपमा राजीनामा नदिएर कामचलाउ सरकार गठन विरुद्ध छिटट्ै अदालतमा चुनौती दिने चेतावनी दिएकाछन् ।वाजेदले हसिना नेतृत्वको अवामी लिग पार्टीले आउने चुनाव लड्ने घोषणा नै गरेकाछन् । यसले फेरी हसीना छोरासँगै सक्रिय राजनीतिमा फर्केने र पुन प्रधानमन्त्री पद हत्याउने दाउमा रहेको विश्लेष्ण सुरु भएको छ। जावेदले चुनावको घोषणा हुनेबित्तिकै आमासँगै देश फर्कने र बदला लिने बाचा गरेकाछन् । ३ महिनाभित्रै चुनाव सम्पन्न गरिसक्ने बताएका वाजेतले आफ्नो पार्टी अवामी लिग सत्तामा आउने विश्वास व्यक्त गरेकाछन् ।
छोरा वाजेदले आफ्नी आमाको सरकारको पतनका लागि देशका जनताको सानो समूह र आईएसआईको षड्यन्त्रलाई दोष दिएका छन् । उनले आफ्नी आमाको ज्यान जोगाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता व्यक्त गरे । पश्चिमा राष्ट्रहरूले शेख हसिनाको भिसा रद्द गरेको वा कुनै देशमा राजनीतिक शरण मागेको भन्ने कुरालाई पनि उनले अस्वीकार गरेका छन् ।वंगलादेशमा आन्दोलनको आधि अझै साम्य भएको छैन, सत्ता हातमा लिएका विद्यार्थीले अहिले छानीछानी हसिना पक्षधरमाथि भौतिक आक्रमण सुरु गरेकाछन् । त्यसैको शिकार भए प्रधानन्याधीस ओबेदुल हसन ।
त्यहाको सर्वोच्च अदालत परिसरमा शनिबार आन्दोलनकारी जम्मा भई प्रदर्शन चर्काएपछि
प्रधानन्यायाधीश ओबेदुल हसन र पुनरावेदन महाशाखाका न्यायाधीशहरु राजीनामा दिएर भागेकाछन् । शनिबार १ बजेसम्मको अल्टिमेटम पाएका उनिहरुले राजनीना दिने छनक नदेखिएपछि प्रदर्शनकारीको हुल अदालत पुगेको थियो , पछि ज्यान बचाउन राजीनामा दिएर प्रधानन्याधीस बाहिरिएका थिए ।आन्दोलनकारीले प्रधानन्यायाधीश हसन पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेको आरोप लगाएकाथिए ।

यसअघि हिंसा भड्कीएपछि प्रधानमन्त्रीहसीना देश छोड्न बाध्य भएकी थिईन् । गएको सोमबार हसिनाले १७ करोड जनतसंख्या भएको देशमा आफ्नो १५ वर्षको निर्बाध शासनको अन्त्य गरेकी थिइन् ।हसिनाअहिले नयाँ दिल्लीमा आश्रय लिइरहेकी छिन्। भड्किीएको प्रदर्शनमा ३ सय भन्दा धेरैको ज्यान गुमाएकाछन् । हसिना सत्तापतनपछि बंगलादेशमा अहिले अन्तरिम सरकार गठन गरिएको छ ।नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखका रहेका उनले १६ सदस्यीय मन्त्रिपरिष गठन गरेकाछन् । आन्दोलनमा सहभागि विद्यार्थी नेताहरूलाइ नै मन्त्रीमण्डलमा समाबेस गरे । यसले तत्काललाई बंगलादेशको राजनीतिक रिक्तता तत्काललाई टरेको विश्लेषण भएको छ । तर हसिनाको पुन आफ्नो देशको राजनीतिमा फर्कीने बिषयले फेरी द्धन्द्ध निम्तने खतरा बढेको छ।