Breaking

रास्वपालाई पत्याउनै छाडे, कहाँ हरायो चर्चा, सोविताको गुहार सुनिएन


सत्ताविहीन भएसंगै राष्ट्रिय स्वतन्त्र पार्टी अहिले ‘ड्यामेज कन्ट्रोल’मालागेको छ । त्यसकालागिक्लोज क्यापदेखि नागरिकसँग जोडिने काममालागेको छ । तर हिजो जताजतै उभार ल्याएको पार्टी अहिले भने आफ्नै रणनीतिमासफलहुन सकिरहेको छैन ।

सत्तामापुग्दाकाम गर्न नसकेको,सभापतिमाथिको प्रश्न र महामन्त्रीको फायरले कमजोर बनेको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला ड्यामेज कन्ट्रोलमालागेको छ । विपक्षमापुगेपछि संगठन चुस्तदुरुस्त पार्ने र खरो प्रतिपक्षीबनेर नागरिककोमन जित्ने बाटोमा रास्वपा देखिन्छ । यहि कारण क्लोज क्याम्प राखेको उसले यसलाई प्रदेशस्तरमा समेत लागु गरेको छ । यतिमात्रनभएर आगामीवैशाखमामहाधिवेशन गर्ने पक्का गरेको उसले वडातहसम्म सँगठन विस्तार,स्थानीयतहमा छायाँ सरकारको स्थापनादेखि सरकारमाथिखबरदारीको सुझावसमेत पाएको छ ।

स्थानीय सरकारमाबलियो उपस्थिति देखाउन सके त्यसले प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहयोग पु¥याउने रास्वपाको क्लोज क्याम्पको निष्कर्ष छ। यहीनिष्कर्षका आधारमाआगामीचुनावमा उठाउने उम्मेदवारलाई अहिले नै छायाँ सरकार प्रमुखबनाएर स्थानीयतहमा खटाउनेनीति रास्वपाले लिने भएको छ । यो वर्ष राष्ट्रिय भेलाको तयारीमासमेत रास्वपालागेको छ ।

त्यस्तै रास्वपाले यहिबीचमा सार्वजनिकयातायातमायात्रा गरेर नागरिकका समस्या सुन्ने कामसमेत गरेको छ । अर्थात छोटो समयमै राष्ट्रिय पार्टी बन्नेबाट आफ्नै महामन्त्रीको प्रहारमा परेको रास्वपा हरतरह डयामेज कन्ट्रोलमालागेको छ । जसलाई पार्टीसुदृढीकरणमात्र नभएर सडक र सदन जोड्ने कार्यक्रमका रुपमासमेत रास्वपाले व्याख्या गरेको छ ।अर्थात आफूहरु कांग्रेस एमालेको विकल्पनभई मूलधारको पार्टीभएको दाबी गर्ने रास्वपाका नेताहरु आफूहरुलाई धक्कालागेकाले सम्हालिने बाटोमा रहेको बताउँछन् ।

यसरी हेर्दा सत्तामा रहँदाभन्दाविपक्षमा रास्वपाबलियो देखिनु पर्ने हो । तर अवस्थाभने त्यसको ठिक उल्टो छ । यो बीचमागृहमन्त्रीमाथि उठाएका प्रश्नले खासै महत्वनपाउँदारास्वपा सांसद सोवितागौतमले आफूमाथिदुव्र्यवहार भएको कुरा संसदमै उठाएकी थिइन । तर त्यसको उल्टो प्रभावजनप्रनिधिले मतदाताको प्रश्न सहन सक्नुपर्ने मत नै बलियो बनेको छ । त्यस्तै सार्वजनिकयातायाताको यात्रा राष्ट्रियजनमोर्चा अध्यक्षचित्रबहादुर केसीको एक्लो टिप्पणीले नै धज्जीको विषयबन्दायसलाई स्टन्डको संज्ञा दिनेहरु नै बढि छन् ।

संगठन बलियो बनाउने सवालमासमेत हिजोका दिनमाशुभेच्छुक मात्रै बनाउने तर कार्यकर्ता नबनाउने बताएकाउनीहरु वडासम्मै छायाँसरकार र संगठन बनाउने बाटोमा गएपछि प्रश्नको घेरामा परेका छन् । यसलाई कांग्रेस एमालेकै मोडेलका रुपमाव्याख्यागरिँदाउसको प्रतिपक्षीभूमिकासमेत त्यति बलियो देखिएको छैन । जसले बलियो र चुस्तबन्ने रास्वपाको रणनीति अहिले बेकामे सिद्ध हुँदै गएको छ ।

हुन त हिजोकादिनमाओलीले बचाएकाले अ‍ोलीविरुद्ध बोल्न नसक्ने अवस्थामा रवि लामिछाने छैनन् । बरु सहकारीको मुद्दा बाहिर बलियो बन्दाहिजो प्रशंशा गर्नेहरुले नै अहिले रास्वपामाथिप्रश्नगर्न थालेका छन् । सामाजिक सन्जाल नै उनीहरुको शक्ति देखिँदाअहिले पक्षमाभन्दाविपक्षमाबलियो मत देखिन्छ । अर्थात महामन्त्रीले सडकमा ल्याइदिएको रास्वपाको हैसियतझनझनखस्किँदै जाँदाआकर्षण गर्ने नयाँ रणनीति पार्टीले ल्याउन सकेको छैन । बरु यहीबीचमा सहकारीकाविषयमा रविलाई बयानमाबोलाएर अर्को दागलगाउने प्रयासमा सत्ता गठबन्धन देखिँदानिरीह बनेको रास्वपासँग रक्षात्मकबन्नुबाहेकको विकल्प देखिँदैन ।