Breaking

सरकारमा ओलीको रफ्तार, १८ घण्टा खट्छन्, प्रचण्डले दिए स्याबासी, के–के भए काम ?


काठमाडौँ – प्रधानमन्त्री भएपछि संयमित देखिएका केपी शर्मा ओली पछिल्लो समय व्यस्त देखिएका छन् । काम गर्ने आशा जगाउने र पार्टीलाई समेत सुदृढ बनाउने बाटोमा रहेका उनी फिल्म खेल्नेदेखि विकास परियोजनाको अवलोकनसम्म पुगिरहेका छन् । संसद विघटन गरेर व्यवस्थाविरुद्ध धावा बोलेको विगतकाबीच संसदीय समितिसमेत जान भ्याएका प्रधानमन्त्री ओली के कस्ता कामममा व्यस्त छन् त ?

क्रेजका हिसाबले पहिलो नम्बरमा रहेको क्रिकेट र त्यसैसंग केन्द्रित रहेर पहिलो निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीचौथो कार्यकालको रफ्तारमा छन् । फलतः कीर्तिपुर क्रिकेट मैदानलाईसुविधा सम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका उनी त्यसपछि पनि निरन्तर त्यसमा चासो राख्दै आएका छन् ।

त्यसका लागि उनले नेपाल क्रिकेट संघका पदाधिकारी, खेलाडी, खेलप्रेमी र पत्रकारसंग भेटघाट नै गरेका छन् ।यो त उनको लोकप्रियता टिप्ने विषय छनौटको चातुर्यता भयो । तर उनी यतिमात्र नभएर सामाजिक सन्जालमा पनि उक्तिकै सक्रिय छन् भने फिल्मसमेत खेल्न भ्याइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली केही समयपछि फिल्ममा पनि देखिँदै छन् ।

भदौ ७ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीको अभिनय हेर्न सकिने छ । त्यसका लागि उनले गरेको स्वरांकन अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनलाई समेटेर फिल्म युनिटले पोस्टर नै सार्वजनिक गर्दा ओलीले फिल्मका लागि संवाद रेकर्ड गराएको खबरले फिल्मप्रेमीको मात्र नभई राजनीतिज्ञको ध्यान पनि तानेको छ ।

सधैँ चर्चामा रहने धरहराको विषय होस् कि काठमाडौँ–तराई मधेश द्रुतमार्गको विषय होस्, उनी त्यसमा पनि केन्द्रित छन् । फलतः ओलीको सय दिने उपलब्धि कार्यक्रममा उनैले शिलान्यास गरेको धरहरा सञ्चालनमा आउने भएको छ। यसका लागि धरहरालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन उनले सहरी विकास मन्त्रालयलाई निर्देशन नै दिएका छन् । यहीबीचमा उनी फाष्ट ट्रयाक अनुगमनमा समेत पुगेका छन् ।जहाँ उनले मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा एक समारोहबीच काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक नै गर्न भ्याए ।

जुन समारोहलाई सम्बोधन गर्दै द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताएका उनले नेपालमा केही भएन भन्ने भाष्यलाई यसले खण्डन गरेको समेत बताए । यही बीचमा उनीप्रधानमन्त्री भएपछि पहिलो पटक संसदीय समिति बैठकमा उपस्थित भए । विगतमा संसद छल्न खोजेको र संसदलाई नै विघटन गरेर व्यवस्थाविरुद्ध जान खोजेको आक्षेपकाबीच उनको यो कदमले समेत सकारात्मक सन्देश प्रवाह गरेकै रुपमा हेरिएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसंग भिडन्त बढिरहेका बेला उनले उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भेट गरेका छन् । जहाँ उनले ‘को भन्दा को ठूलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिन भ्याए । यही बीचमा संसद विजनेसविहीन भएको विगतदेखि कै प्रश्नहरुलाई समेत उनी सम्बोधन गर्ने क्रममा छन् । फलतः समितिहरूमा विचाराधीन विधेयकहरू अड्किँदा प्रतिनिधिसभा बैठक नै प्रभावित बनेको बताउँदै उनले समितिमा विधेयक नअल्झाउन आग्रह नै गरेका छन् । यी सबै काम उनको रफ्तारकै उपजका रुपमा लिन सकिने अवस्था छ ।

हुन त ओली यो पटक छानेर कार्यक्रममा जाने गरिरहेका छन् । त्यसमा पनि आशा जगाउने, नागरिकसंग नजिक हुने र नीतिगत काम मै उनको पहिलो प्राथमिकता देखिन्छ । फलतः वर्षौंदेखि अल्झिएको शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन टिआरसीको विषयलाई समेत उनले सहमतिमा पुर्याएका छन् । जसको प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रशंशा गरेका छन् । यो सरकार बनेपछि यो नै पहिलो राम्रो काम भएको उनको टिप्पणी रहँदा यो बिचमा भएका हवाई तथा सवारी दुर्घटनामा समेत नागरिकसंगै रहेको आभास दिलाउन ओली सफल रहे । जुन सक्रियतावयोवृद्ध तथा उनको शारीरिक अवस्थाका दृष्टिले प्रशांयोग्य छ ।