Breaking

डीजीसँग कड्किए मन्त्री पाण्डे, ७ दिनभित्र हटाउने तयारी


काठमाडौँ – पन्ध्र दिनको अवधिमै दुई हवाई दुर्घटना भएपछि तालुक मन्त्रालय र नियमकारी संयन्त्र फेरि प्रश्नको घेरामा परेका छन् । जहाँ सरकारको काम छानविन समिति बनाउनुमै सीमित भएको भन्दै आलोचना हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीको त राजीनामा नै माग भएको छ ।

१५ दिनभित्रै दुई हवाई दुर्घटना भएपछि नियमनकारी निकाय नागरिक उडड्यन प्राधिकरणमाथिको प्रश्न बलियो बनेको छ । यसअघि पनि बारम्बार दुर्घटना हँुदासमेतकर्मकाण्डी उत्तर दिएर पन्छिएको,पदाधिकारीहरुले नैतिक जिम्मेवारीसमेत बहन नगरेको भन्दै उनीहरुको क्षमतामाथि नै प्रश्न उठिरहेको थियो । जसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भएको सौर्य एयरलाइन्सको दुर्घटनाले अझ बहसमा ल्याइदिँदाएयर डाइनेष्टिको हेलिकम्प्टर दुर्घटनाले अझ बलियो बनेको छ ।

हुन पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले सो दुर्घटना चालक दलको कमजोरीले भएको जनाएको छ।प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन्।

सिभिल एभिएसनको भिजियोल फ्लाइट रुट (भिएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ। लाजै पचाएर महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे ।

४५ वर्षमा भएका ४० वटा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाइसक्दा हवाई सुरक्षाका क्षेत्रमा नियमकारी निकायले के गर्यो भन्ने प्रश्न आइरहेकै बेला गैरजिम्मेवारपूर्ण उत्तर दिँदै आएका उनले विहिवार पनि त्यहि शैली दाहो¥याए। जहाँ २०७८ माघ १८ मा नागरिक उड्डयन प्राधिकरणको नेतृत्व सम्हालेका अधिकारीको कार्यकालभित्रै यो ९ औँजहाज तथा हेलिकप्टर दुर्घटना हो । फलतः विशेष गरेर नेपाली कांग्रेसका सांसदहरुले प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गरेर हवाई दुर्घटना र प्राधिकरणभित्रका बेथिति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

हुन त यसको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उडड्यनको नेतृत्वमा नेपाली कांग्रेस कै नेता बद्री पाण्डे छन् । उनीमन्त्री भएपछि नै दुईओटा हवाई दुर्घटना भइसक्दा नयाँ भएका कारण तत्कालका लागि उनी प्रश्नबाट जोगिएका छन् । तर छानविन समिति बनाएरै निदाउने सरकारको परम्परालाई उनले पनि निरन्तरता दिएका छन् ।

जुन पहिलो प्रश्नको आधार बन्दै गर्दा बेकामे महानिर्देशक हटाउन पनि नसकेको अर्को अवस्थापनि उनीमाथि भारी पर्दै छ ।कांग्रेसकै नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेको पद नैतिकताको तराजुमा परेको टिप्पणी नै गरेका छन् ।

फलतः अब उनको काम परिक्षण गर्ने आधार नै यहि बन्दा मन्त्री पाण्डेले पनि आफू सरकारमा सहभागी हुनासाथ दुई वटा ठूला हवाई दुर्घटनापछि नैतिकताको प्रश्न उठेको बताएका छन् । आफू पनि गम्भीर भएर घोत्लिएको बताएका उनले आफूमाथि नैतिकताको प्रश्न उठेमा एक क्षण पनि पदमा नबस्ने जिकिर गरेका छन् । यसको अर्थ कानुन र संवैधानिक रूपमा परिपक्व निर्णय लिन लागिएको बताएका उनले महानिर्देशक अधिकारीलाई हटाउने कि आफू हट्नेबारे निर्णय दिने दिन नजिकिएको छ ।

बढ्दो हवाई दुर्घटनाले अब सहानुभूति देखाउने अवस्थामा आमनागरिक छैनन् । फलतः मिठा कुरा गर्दैमा मन्त्री हुन् कि महानिर्देशक नैतिकताबाट पन्छिन मिल्दैन । कि काम गर्ने, नसके छोड्नेबाहेक विकल्प नहुँदा प्रदीप अधिकारीसँग त अब पदमा बसिरहने नैतिकतासमेत समाप्त भइसकेको छ । जसले उनलाई पदबाट हट्नुबाहेक अर्को विकल्प देखिँदैन । जुन मन्त्रीकोसमेत काम बन्दा सरकारको आगामी कदम कस्तो हुन्छ आमचासोको विषय बनेको छ ।