Breaking

ओलीविरुद्ध एमालेमा मौलायो गुट, शंकर र विष्णु देखिने गरी भिडे


काठमाडौँ – माधवकुमार नेपालले विद्रोह गरेपछि एक ढिक्का भएको दाबी गरिएको एमालेमा फेरि गुटबन्दीको प्रयास सुरु भएको छ । अहिले एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकछत्र दबदबा कायम छभने महत्वपूर्ण पद जति सबै उनैले रुचाएका नेताहरूले पाउँदै आएका छन् । जुन आन्तरिक लोकतन्त्रविरोधी कार्य भएको भन्दै केही असन्तुष्ट पक्षले विरोधी आवाज उठाँउदा ओली स्वयम्ले यो स्वीकारेका छन् । आखिर कसले चलाँउदै छ त एमालेमा गुट

तीन वर्षअघि (२०७८ साल साउन) मा माधवकुमार नेपाल र झलनाथ खनालले विद्रोह गरेपछि एमालेमा चलेको केपी शर्मा ओलीको एकछत्र राजमा प्रश्न उठ्न थालेको छ । महत्वपूर्ण पदमा उनैले रुचाएका नेताहरूले मात्रै अवसर पाउने तथा उनी निकट महासचिव शंकर पोखरेलको मात्र हालीमुहाली चल्ने अवस्था विरुद्ध नेताहरु असन्तुष्ट सुनिन थालेका हुन् ।

जसको संकेत प्रदेश महाधिवेशनकै बेलाबाट शुरु भएपनि मन्त्री र मुख्यमन्त्री बन्ने विषयले बढी चर्चामा आएको थियो । हालै भएको कार्यविभाजनले यसमा आगोमा घिउको काम गर्दा छानीछानी आफू निकटका नेतालाई जिम्मेवारी र अवसर दिएकोओलीमाथि आरोप छ ।
हुनपनि साउन १७ गतेको एमाले सचिवालय बैठकले सातै प्रदेशका इन्चार्जको हेरफेर गर्दा ओलीले आफू निकटस्थहरूलाई मात्र मौका दिएका छन् । कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ भने विदेश विभाग प्रमुख पनि ओलीले आफ्ना विश्वासपात्र रघुवीर महासेठलाई दिएका छन्।

जहाँ अघिल्लोपटक योगेश भट्टराईलाई मधेश र गोकर्ण विष्टलाई गण्डकीको जिम्मा दिइएको भएपनि यसपटक उनीहरू दुवैको प्रदेश इन्चार्जको जिम्मेवारी खोसिएको छ।उपाध्यक्ष सुरेन्द्र पाण्डेले बागमती प्रदेशको इन्चार्ज मागेका थिए भने सचिव योगेश भट्टराईले कोशी प्रदेशको इन्चार्ज बन्ने चाहना राखेका थिए ।

यसअघि मन्त्रीमा समेत नाम काटिएका योगेश पार्टी जिम्मेवारीमा समेत अटाएनन् । यद्यपि यसलाई सांसद भएकाले दोहोरो जिम्मेवारी नदिएको भन्दै ओली पक्षधरले बहाना बनाएपनि उनी निकट केही नेताले दोहोरो जिम्मेवारी पाएका छन्।यहि कारण असन्तुष्टहरु अझ उग्र बन्ने पक्का हँुदा अध्यक्ष ओलीले त गुटको प्रयास नगर्न चेतावनी नै दिइसकेका छन् ।

यसले ओलीले नै गुट भएको स्वीकार गरेको प्रष्ट हुँदाविभिन्न पद र जिम्मेवारीमा नेता विशेषले आफ्नो भाग खोज्दै आएका छन् । यसबीचपार्टीमा निष्क्रिय रहे पनि विद्यादेवी भण्डारीयो मामिलामा सबैभन्दा सक्रिय छिन् । आफू निकटहरूको व्यवस्थापन गर्दै आएकी उनलाई भेट्न ओली आफू प्रधानमन्त्रीको शपथ लिएपछि असार ३१ गते विद्या भण्डारी निवास चपली पुगेका थिए ।यो बाहेक एमालेमा गुटको चरम रुप लुम्बिनी प्रदेशमा देखिएको थियो । गुटकै कारण लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी चुनिएनन् । उनी संसदीय दलको नेता भएपनि उपाध्यक्ष विष्णु पौडेल समूहका नेता भएकाले ओली र पोखरेल समूहका नेता रहेका लुम्बिनीका उपनेता चेतनारायण आचार्यले मौकाहात पारे । उपनेतालाई मुख्यमन्त्री बनाएपछि एमाले संसदीय दलको नेताबाट लीला गिरीले राजीनामा नै दिइसकेका छन् । जसले ओलीकै कारण कतिपय नेता स्थायी गुट जन्माउन बाध्य बन्दै गएको देखिँदा११ आंैं महाधिवेशनसम्म पुग्दा स्पष्ट रुपमा केन्द्रीय गुटबन्दी हुने चर्चा त एमाले वृत्तमा नै छ । तर एमाले नेताहरु खुलेरै भने यो विषयमा बोल्दैनन् । पार्टी भित्र बाहिर चर्चा भएजस्तो अवस्था नरहेको बताउने उनीहरु साधारण बहस र असन्तुष्टि पार्टीमा हुनु ठूलो कुरो नभएको तर्क गर्छन् ।

हुन त एमालेभित्र देखिएको यो रस्साकस्सी ओलीको विकल्पमा भन्दा उत्तराधिकारीको लडाइँ भएको बुझ्न कठिन छैन । यी सबैले तत्काल ओलीको विकल्प नभएको बताउने गरेबाटै यसलाई पुष्टि गर्दा अहिले एमालेमा उपाध्यक्ष विष्णु पौडेलको छुट्टै समूह छ भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि समूह सक्रिय छ । यस्तै,उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पूर्वमाओवादी केन्द्रबाट एमालेमै रहेका नेताहरूको छुट्टै समूह रहँदा माधव छोडेर आएका दश भाइको अर्को समूह पनि छ । यी मध्ये पौडेल र पोखरेलमै चर्को रस्साकस्सी देखिँदायहि अवस्था रहे ओली नै त्यसको प्रहारमा नपर्लान् भन्न सकिँदैन ।