जम्मा १९७ राष्ट्रको सहभागिता रहेको पेरिस ओलम्पिकमा अहिलेसम्म ५२० पदको टुङ्गो लागिसकेको छ । फ्रान्सको राजधानी पेरिसमा चलिरहेको ओलम्पिकमा विभित्र राष्ट्र र खेलाडीले विश्वको ध्यान आफूतिर तानिरहेका छन् ।
गृष्मकालीन ओलम्पिकको ३३ औं संस्करण अहिले फ्रान्सको राजधानी पेरिसमा जारी छ । विश्व खेलकुदको महाकुम्भ जारी ओलम्पिकको १० औं दिनसम्म आइपुग्दा एक सय ६६ वटा स्वर्णको छिनोफानो भइसकेको छ । जसमा ३६ राष्ट्रले स्वर्ण हात पारेका छन् भने ६२ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् । तीमध्ये सबैभन्दा शीर्ष स्थानमा २१ स्वर्णसहित चीन पहिलो स्थानमा छ भने १९ स्वर्णसहित दोस्रो स्थानमा छ ।
प्राप्त स्वर्णसहित १६ रजत र १२ कास्य गरि चीनले ४९ पदक जित्दा २७ रजत र २६ कास्य जितेको अमेरिकाको पक्षमा ७२ पदक रहेको छ । त्यस्तै आयोजक फ्रान्स र अष्ट्रेलियाले समान १२ स्वर्ण हात पारेर क्रमशः पदक तालिकाको तेस्रो र चौथो स्थानमा छन् । सात जनामध्ये पाँच खेलाडी बाहिरिसक्दा नेपालका लागि पेरिस ओलम्पिक उपलब्धिमुलक हुन सकेन । यद्यपि, अन्य देश र खेलाडीले भने विश्वको ध्यान तानिरहेका छन् ।
अल्जेरियन बक्सर इमान खालिफ र इटालियन बक्सर एञ्जेला कारिनीबीचको खेल अहिलेसम्म जारी पेरिस ओलम्पिकमा सबैभन्दा बढी चर्चाको विषय बनेको छ । खालिफ पुरुष भएको भन्दै यसले खुब चर्चा बटुल्यो । ४६ सेकेण्डमै सकिएको खेल विवादित बन्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र पेरिस ओलम्पिकको बक्सिङ युनिट संयुक्त विज्ञप्ति नै निकाल्न बाध्य बने । अघिल्लो वर्ष विश्व बक्सिङ च्याम्पियनअघि गरिएको परीक्षणमा खालिफको डीएनएमा पुरुषमा हुने एक्स र वाई दुवै क्रोमोजन पाइएपछि उनी उक्त प्रतियोगिता खेल्नबाट बञ्चित भएकी थिइन् ।
त्यस्तै इजिप्टियन फेन्सर नाडा हाफिजले पनि पेरिस ओलम्पिकबाट विश्वको ध्यान आफूतर्फ खिचिन् । सात महिनाको गर्भावस्थामै प्रतिष्पर्धा गरेकी भन्दै उनी विश्वभर हेडलाइन बत्र सफल भइन् । ओलम्पिकमा सहभागीता जनाउनुलाई मात्रै पनि ठूलो सफलता मात्रे गरिन्छ । अझ त्यसमा पदक र स्वर्ण पदक नै जित्नु त ठूलै उलब्धि हुने भइहाल्यो । योसँगै जीवन साथी नै पाउनु अर्काे सफलता ।
यी सबै जित्ने भाग्यमानी चीनकी ब्याडमिन्टन खेलाडी हु आङ याक्वियोङ भएकी छन् । उनले ब्याडमिन्टको मिक्स डबल्समा झेङ सिवेईसँग मिलेर स्वर्ण पदक जितेर खुशीयाली मनाउँदै गर्दा चीनकै व्याडमिन्ट टोलीका अर्का खेलाडी लियु युचेनले औँठी दिँदै पे्रम प्रस्ताव राखे । स्वर्ण जितेर अविष्मरणीय बनेको उक्त क्षणमा अप्रत्यासित प्रस्ताव स्वीकारेकी हुआङका लागि स्वर्ण र जिवन साथी पाउनु पेरिस ओलम्पिक झनै महत्वपूर्ण बन्यो ।
विश्व खेलकुदका महारथी राष्ट्रका प्रतिद्वन्द्वीलाई पछि पार्दै सानो टापु राष्ट्र सेन्ट लुसियाकी खेलाडी जुलियन अल्फ्राडले इतिहास रचेकी छन् । एक सय मिटरको दौडमा विश्वकै सबैभन्दा तीव्र गतिकी महिला बत्र सफल भएकी २३ वर्षीया अल्फ्राड ओलम्पिकमा राष्ट्रका लागि पदक जित्ने पहिलो खेलाडी बनेकी छन् ।
त्यस्तै पुरुष तर्फको एक सय मिटर दौैडमा पनि रोचक प्रतिष्पर्धाले सबैको ध्यान तान्यो । जमैकन प्रतिद्वन्द्वी किशाने थम्पसनलाई ०.००५ सेकेण्डले पछि पार्दै अमेरिकी धावक नोआ लायन्सले स्वर्ण हात पार्दा विजेता पत्ता लगाउन ‘फोटो फिनिस क्यामेरा’को प्रयोग नै गर्नु परेको थियो ।
राजनीतिक, आन्तरिक कलह वा युद्धको अवस्था लगायतका कारणले देश छोडेर अन्य देशमा शरण लिएर बसेका खेडालीहरूले रिफ्युजी ओलम्पिक टिम(ईओआर)बाट खेल्ने गरेका छन् । त्यस्तै एक बक्सिङ खेलाडी सिन्डी नगाम्बा सेमिफाइनलमा प्रवेश गरेसँगै पदक जित्ने पक्का हुँदा उनी पदक जित्ने पहिलो शरणार्थी खेलाडी बत्रे भएकी छन् । त्यस्तै ब्राजिलका महिला पौडी खेलाडी एना क्यारोलिना भिएरा रातको समयमा सुटुक्क निस्केर प्रेमीसँग पेरिस घुम्न हिँडेपछि ओलम्पिक प्रतियोगिताबाटै बाहिरिनु प¥यो ।
राजनीतिक रुपमा कट्टर दुश्मनको रुपमा रहेका दक्षिण कोरिया र उत्तर कोरियाका खेलाडीबीच भएको आपसी सद्भावले पेरिस ओलम्पिकमा विश्वव्यापी चर्चा कमाएको छ । टेबल टेनिसको मिक्स डबल्समा उत्तर कोरियाले रजत र दक्षिण कोरियाले कास्य जितेपछि दक्षिण कोरियाली लिम जोङ हुनले सेल्फी खिचेपछि उक्त तस्वीरले व्यापक चर्चा कमाएको हो । जुलाई २६ मा औपचारिक उद्घाटन भएको पेरिस ओलम्पिक इतिहासमै पहिलोपटक स्टेडियन बाहिर भव्य समारोहका बीच सुरु भएको थियो । विभिन्न कीर्तिमान र घटनाले चर्चामा रहेको यो ओलम्पिक आउँदो ११ अगस्टमा समापन हुनेछ ।
प्रतिक्रिया