Breaking

बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा, कसको कति ?


काठमाडौँ – बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ छ ।

१० बैंकको नाफा बढेको देखिन्छ भने १० को घटेको छ । यद्यपि मर्ज तथा एक्वीजिसनका कारण केही बैंकको नाफा बढेको देखिए पनि वास्तविकतामा घटेको छ । प्रभु बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च छ । सो बैंकको नाफा एक वर्षकै अवधिमा १६ गुणा बढेको छ । एनआईसी एसिया बैंकको नाफा भने सबैभन्दा धेरै ६८.९ प्रतिशत घटेको छ ।

कुन बैंकको नाफा कति ?

बैंकनाफा २०८०, असारनाफा २०८१, असारवृद्धि/गिरावट दर
एभरेस्ट३ अर्ब ३६ करोड३ अर्ब ७० करोड१०.१२
एनएमबी३ अर्ब २२ करोड२ अर्ब ३४ करोड–२७.३३
नबिल६ अर्ब ४० करोड७ अर्ब ६ करोड१०.३१
ग्लोबल आईएमई६ अर्ब ६९ करोड६ अर्ब २ करोड–१०.०१
नेपाल इन्भेस्टमेन्ट मेगा३ अर्ब ७२ करोड५ अर्ब २० करोड३९.७८
राष्ट्रिय वाणिज्य३ अर्ब ६० करोड३ अर्ब ४० करोड–५.५६
कृषि विकास१ अर्ब ३२ करोड३ अर्ब ६६ करोड१७७.२७
प्राइम कमर्सिलय१ अर्ब ३ करोड३ अर्ब ७७ करोड२६६.०२
प्रभु२८ करोड४ अर्ब ४८ करोड१५००
स्ट्यान्डर्ड चार्टर्ड३ अर्ब ४७ करोड३ अर्ब ३१ करोड–४.६१
लक्ष्मी सनराइज२ अर्ब २९ करोड३ अर्ब ३ करोड३२.३१
हिमालयन१ अर्ब ५६ करोड२ अर्ब ८४ करोड८२.०५
कुमारी५२ करोड२ अर्ब ३१ करोड३४४.२३
सानिमा२ अर्ब ६१ करोड२ अर्ब ३८ करोड–८.८१
नेपाल३ अर्ब ४४ करोड१ अर्ब ६६ करोड–५१.७४
नेपाल एसबीआई१ अर्ब ९७ करोड२ अर्ब १ करोड२.०३
सिद्धार्थ३ अर्ब १७ करोड३ अर्ब २ करोड–४.७३
सिटिजन्स१ अर्ब ८६ करोड१ अर्ब ३४ करोड–२७.९६
माछापुच्छ्रे१ अर्ब ६३ करोड१ अर्ब २५ करोड–२३.३१
एनआईसी एसिया४ अर्ब ४४ करोड१ अर्ब ३८ करोड–६८.९२
कुल५६ अर्ब ५८ करोड६४ अर्ब १६ करोड१३.४०