Breaking

सुदूरपश्चिममा कांग्रेसका खड्का सामाजिक विकास र थापा आर्थिक मामिला मन्त्री बन्ने


काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

सो मबार दिउँसो बसेको प्रदेश संसदीय दलको बैठकले खड्कालाई सामाजिक विकास मन्त्री र थापालाई आर्थिक मामिला मन्त्री बनाउने निर्णय गरेको एक प्रदेश सभा सदस्यले जानकारी दिए । उनीहरूले सोमबार नै शपथ ग्रहण गर्नेछन् ।

कांग्रेसले प्रदेश सभा सदस्य सरस्वती खडकालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बमलाई आर्थिक मामिला राज्यमन्त्री बनाउने निर्णय गरेकेो छ ।

यसअघि गीता चौधरी र ललिता सुनारलाई राज्यमन्त्री बनाउने तयारी भएपनि अन्तिम समयमा उनीहरूको नाम काटिएको एक प्रदेशसभा सदस्यले बताए । अहिले साढे ३ बजे मुख्यमन्त्री शाह र अन्य मन्त्रीहरूले शपथ लिनेछन् ।