Breaking

धादिङमा माइक्रोमाथि रुख खस्दा घाइते भएकाको पहिचान खुल्यो


पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी ५ जरेखोलामा आज बिहान माइक्रो बसमाथि रुख बजारिँदा घाइते भएकाहरुको पहिचान खुलेको छ ।

धादिङबेसीबाट काठमाडौँ आउदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो बसमाथि रुख बजारिँदा घाइते भएकाहरुको पहिचान खुलेको धादिङ प्रहरीले जनाएको छ।

माइक्रो बसमा सवार १५ जनामध्ये १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। जसमा ६ जनाको अवस्था सामान्य रहेको छ भने ४ जना मध्यम घाइते रहेका प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा धादिङको निलकण्ठ नगरपालिका ३ पुछार बजार बस्ने २६ वर्षकी निन्दु शाह, सोही स्थानमा वर्ष ५० को शिवराज अधिकारी, निलकण्ठ नगरपालिका ३ शान्तबजारकी ३१ वर्षीया सुनिता घिमिरे,निलकण्ठ ३ कै बीचबजार बस्ने वर्ष ४० को रमेश अधिकारी रहेकाछन् ।

यस्तै, सोही स्थानमा १४ वर्षीया डिल बहादुर गुरुङ, धादिङको खनियाबास गाउँपालिका ४ खट्करीका २६ वर्षीय उर्मिला थापा मगर, रुविम्याली गाउँपालिका १ का ७२ वर्षका निर्माग तामाङ र मुगु जिल्ला रारा नगरपालिका ३ का २२ वर्षीया गंगाराम चौलागाईँ रहेका छन् ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जनाएको छ।