काभा महिला भलिबल लिगको अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँगप्रतिष्पर्धा गर्दै छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अपराह्न सवा ३ बजे खेल सुरु हुनेछ । पहिलो श्रीलंकासँग र दोस्रो खेलमा भारतसँग विजयी भएको नेपाल तेस्रो खेलमा इरानसँग पराजित भएको थियो ।
सात अंकसहित भारत शीर्ष स्थानमा छ। समान अंकसहित इरान दोस्रो स्थानमा छ। यद्यपि, भारतले एक खेल कम खेलेको छ। भारतले लिग चरणको अन्तिम खेल आजै श्रीलंकासँग खेल्दै छ ।
लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ। श्रीलंका तीन अंकसहित चौथो स्थानमा छ। ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ।
प्रतिक्रिया