Breaking

प्रधानमन्त्रीबाट निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग स्थलगत निरीक्षण


प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण गरेकाछन् ।

धेद्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं–निजगढ सुरुङको ब्रेक थ्रुका लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

ओलीले निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायतका विशिष्ट व्यक्तिको सहभागिता रहने नेपाली सेनाले जनाएको छ ।